FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नागरिकता विद्ययेक पुनः संसद आउने होइन तुरन्त प्रमाणीकरण गर्नुपर्छ : निधी

नागरिकता विद्ययेक पुनः संसद आउने होइन तुरन्त प्रमाणीकरण गर्नुपर्छ : निधी

एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १० :
नेपाली कांग्रेसका पुर्व उपसभापती एवं प्रतिनिधीसभा सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे ।

संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि निधिले सुझाव दिए । ‘आजको समाचारपत्रहरुमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं’ उनले भने, ‘यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनेको छु ।

म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नुभएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद नै हुन्छ । अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन । र, त्यहींबाट प्रमाणित नै हुनुपर्दछ ।’ नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानसम्मत नै हुने भन्दै त्यसका लागि कुनै परामर्श र छलफल आवश्यक नभएको समेत बताए ।

जसपा अध्यक्षले पनि गरे मांग

जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नागरिकता विधेयक तत्काल प्रमाणीकरण गरी लागू गर्नुपर्छ’ उनले भनेका छन् ।

बुधबारकै बैठकमा नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका थिए । विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको अघिल्लो कार्याकालमा संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणिकरण गरिनन् । भण्डारीको कार्यकाल सकिएर राष्ट्रपतिमा रामचन्द्र पौडेल आएपछि पुनः प्रमाणिकरण गर्न मिल्छ वा मिल्दैन भनेर बहस भइरहेका बेला नेताहरुले मिल्ने र प्रमाणीकरण गर्नुपर्ने बताएका हुन् ।

Tags: तुरन्त प्रमाणीकरण गर्नुपर्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

5 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy