FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


मधेश सरकार, कांग्रेस विकासे मन्त्रालयमा, थप भागबण्डा मिलाउन साह र कुशवाहाको मन्त्रालय चट्ट


मधेश सरकार, कांग्रेस विकासे मन्त्रालयमा, थप भागबण्डा मिलाउन साह र कुशवाहाको मन्त्रालय चट्ट

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ :
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्री परिषद पुर्नगठन गर्दै नेपाली कांगे्रेसलाई विकासे मन्त्रालयमा सपथ खुवाउँदा जनमतलाई भने विना विभागिय मन्त्री बनाइदिएपछि जनमत असन्तुष्ट बनेका छन् । माओवादीले पनि गठबन्धनको मर्म अनुसार नचलेको भन्दै मन्त्री फिर्ताको निर्णय गरेको छ भने लोसपा सरकारमा अटाउन नसक्दा मुख्यमन्त्रीको टाउको दुखाई बनेको छ ।

मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव मंगलवार नेपाली कांग्रेसका दुई र नेकपा एसका एक गरि तिनजना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । कांग्रेसबाट मधेश प्रदेश सभापती तथा संसदिय दलका नेता कृष्ण प्रसाद यादवलाई भौतीक पुर्वाधार विकास, मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका सांसद विरेन्द्र कुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या र नेकपा एसका मधेश संसदिय दल नेता गोविन्द बहादुर न्यौपानेलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सहित पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त तिनैजना मन्त्रीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानून मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन् ।

सपथ ग्रहण समारोहमा एक घण्टा विलम्व पुगेका मुख्यमन्त्री यादव भने परेशान देखिन्थे । सपथ ग्रहण भइरहँदा समेत मुख्यमन्त्री गठबन्धनको भागबण्डा मिलाउन फोनमा व्यस्त रहेको देखिन्छ । जनमतसंग कृषि मन्त्रालय खोसेर ति पार्टीका एकजना मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रालय विहिन बनाइदिएको भन्दै जनमत मुख्यमन्त्री संग चिढिएका छन भने गठबन्धनको मर्म अनुसार आफुहरु संग कुनै सल्लाह नै नगरि कांग्रेस र नेकपा एसका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखेको भन्दै माओवादी संसदिय दलको निर्णयले मन्त्री फिर्ता बोलाउने निर्णय समेत गरिएपछि मुख्यमन्त्री तनावमा छन् ।

आफुहरु मन्त्रीलाई फिर्ता बोलाएको माओवादी संसदिय दलका नेता भरत साहले बताए पनि मुख्यमन्त्री राउत माओवादी सरकारमै रहेको दावी गर्छन । मुख्यमन्त्री यादव लोसपा अध्यक्ष महन्थ ठाकुरसंग विहानै कुराकानी भएको र आजै सपथ ग्रहण गराउन आफु तयार रहेपनि लोसपाले मन्त्रीको नाम दिन नसकेको उनले बताए । मुख्यमन्त्री यादवले जनमत मात्र नभई जसपाबाट मन्त्री बनेकी सुरिता साहलाई पनि बिना विभागिय बनाइएको बताउदै पछि सहमती गरेर टुङ्गो लगाइने बताए ।

नव नियुक्त भौतीक पुर्वाधार विकास मन्त्री तथा कांग्रेस मधेशका नेता कृष्ण यादवले पनि माओवादी र जनमत बारे आफुहरुलाई जानकारी नभएको बताउदै गठबन्धनकै मर्म अनुसार सरकार बन्ने र सहमती हुने दावी गर्छन । माओवादीले एक मन्त्री र राज्यमन्त्री फिर्ता बोलाएको भनिएपनि सपथ ग्रहणमा घोषणा गरिएको मन्त्री परिषदको विवरणमा उनीहरुको नाम मन्त्रालय यथावत राखिएको छ भने जनमतका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको मन्त्रालय समेत यथावत राखिएको छ । जनमत आक्रोसित नहोस भन्ने उद्देश्यले जसपाबाट वर्तमान समाजिक विकास मन्त्री सुरिता साह र सोहि मन्त्रालयका राज्यमन्त्री शेख अबुल कलामलाई पनि बिना विभागीय तोकिएको छ ।

जनमतबाट यस अघि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री ई. वसन्त कुशवाहा र सोहि मन्त्रालयका राज्यमन्त्री संजय कुमार यादवलाई विना विभागीय तोकिएको छ । एता असन्तुष्ट बनेका माओवादी, लोसपा र जनमतका नेताहरु एकआपसमा छलफल गरेर कसरी अगाडि बढने विषयमा निश्कर्षमा पुग्ने बताइन्छ । उनीहरुले आफुहरुले सम्मानजनक मन्त्रालय नपाए त्यसपछि के गर्ने भन्ने विषयमा समेत रणनिती बनाइरहेको बताइन्छ ।

मंगलवार पुर्नगठन गरिएको मन्त्री परिषदको विवरण



Tags: कांग्रेस विकासे मन्त्रालयमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy