FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

थप दाइजो नदिएको भन्दै श्रीमान, सासु, ससुराले गरे महिलाको हत्या, प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो

थप दाइजो नदिएको भन्दै श्रीमान, सासु, ससुराले गरे महिलाको हत्या, प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ :

थप दाइजो नदिएकाले धनुषामा एक महिलाको हत्या गरिएको खुलेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएका सो महिलाको दाइजोकै कारण हत्या गरिएको माइती पक्षले आरोप लगाएको छ । उनी जनकपुरधामस्थित थापा चोकको घरमा श्रीमान, सासु, ससुरा र देवर मिलेर महिलाको हत्या गरेको माइती पक्षको आरोप छ ।
नगराइन नगरपालिका–८ खिरखिरियाका विनोद प्रसाद साहको २२ वर्षीया छोरी आरतीकुमारी साहको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर हत्या गरेको मृतकका बुबा विनोद प्रसाद साहले आरोप लगाए ।
आरतीको विवाह दुई वर्ष अगाडी विनोदसंग भएको थियो । यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान, ससुरा र सासु मिलेर थप दाइजो माग गर्दै आएको बताउँदै विनोदले भने ‘दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाब दिँदै आएका थिए ।’ ‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक रकम पनि दिए, उनले भने, ‘आइतबार उसको श्रीमान्, ससुरा, सासु र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेका हुन् ।’
स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएको थियो, त्यसपछि टोलका मानिसहरु भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो ।’
उनले विगतमा पनि पटक पटक थप दहेजका लागि आरतीलाई दबाब र कुटपिट गर्दै आएको दाबी गरे । १२ दिन अघिमात्र आरतीलाई माइतीबाट बोलाएर लगेको र आइतबार साँझ पुनः दहेजकै रकमका लागि उसको टाउको लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ ।
आरतीका ससुरा, श्रीमान र सासुले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ । उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइएपनि घटना भने दिनमै घटाइएको जिकिरसमेत गरेका छन् ।
उनले मोतीबाबुको काठमाडौंमा अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक पटक उनीहरुबिच मनमुटावसमेत हुँदै आएको बताए । विनोदले मोतीबाबुको बानि वेहोराबारे आफूहरुले विवाह भएपश्चात् जानकारी पाएको र विवाहको बेला आफूहरुलाई केटा इन्जिनियर छ भन्दै छोरीको विवाह गरिएपनि उनी भने ब्रोकरको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको बताए ।
विनोदका अनुसार प्रहरीले आफ्नो छोरीको हत्या हुँदा समेत जाहेरी दर्ता गर्न नमानेको दुखेसो पोखे ।
यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेकोले उनी मध्यान्ह १२ बजेसम्म बेडमै रहेको सुनाए । उनले भने, ‘हिजो आरतीलाई सञ्चो थिएन, उनी १२ बजे सुतेर उठिन, मैले उसलाई खाना खान आग्रह गरें । तर, उनले मानिनन् । उल्टै मलाई नै गाली गर्न थालिन । सोही क्रममा आवेशमा आएर मैले उसलाई एक झापड हिर्काएर म घरबाट निस्किहाले । साँझ घर जाँदा आरतीलाई खोजें । पछि मैले कोठाको चुकुल भित्रबाट बन्द भएको बुझें । बाहिरबाट धेरै पटक हल्ला गर्दा पनि नसुनेपछि अन्त्यमा ढोका तोडरे हेर्दा आरती पंखामा झुण्डेर आत्महत्या गरेकी थिइन् । म अक्क न बक्क भएँ ।’
घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।’
यसैबिच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोेहन साहलाई नियन्त्रणमा लिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy