एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : जनकपुरधाम उद्योग बाणिज्य संघले नेपाल सरकारका गृहमन्त्री, गृहसचिव सहितको टोलीलाई सम्मान गरेको छ । मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी संघकै राजर्षिजनक सभाहलमा आयोजना भएकाले त्यहाँ पुगेका उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव विनोद प्रकाश सिंह, गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेत सहितकालाई संघका पदाधिकारीहरुले सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाइमा रहेको संघका पदाधिकारीहरु सो सम्मान गरेको हो । अध्यक्ष महासेठका अनुसार जनकपुरधामको सुस्त रहेको आर्थिक गतिविधी चलायमान र पुर्नताजा बनाउन रात्री कालिन व्यवसाय समेत चलाउने सम्बन्धमा सुरक्षा व्यवस्थाको मांग सहित गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र समेत संघले बुझाएको छ ।
सो अवसरमा नेपाल र सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुखहरुलाई समेत सम्मान गरिएको छ । सो अवसरमा संघको तर्फबाट पुर्व अध्यक्ष निर्मल चौधरी, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित र कोषाध्यक्ष परमेश्वर साह सहितको उपस्थिती थियो ।