एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १५ : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघिय र प्रदेश सबै सरकारमा गठबन्धनकारी दलको पालै पालो नेतृत्व हुने बताएका छन् ।
जनकपुरधाममा शुक्रवार समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिती नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने बताएका छन् । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मुलधारका पार्टीहरु समयमै समिक्षा सहित सुध्रिन संन्देश दिएकाले त्यसको तत्कालै समिक्षा र सुधार हुन आवयश्क रहेको उनको जिकिर छ ।

उनले अव ७० लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफु लगायत त्यस्ता सम्पुर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरेका छन् । देशमा आर्थिक संकटका बिच प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको उनले विरोध गरेका छन् । उनले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको बताए ।

आफुलाई धेरै कुरा थाहा नरहेको बताउदै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यस्को विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र होइन बिप्लव समुह संग समेत कुराकानी भइरहेको बताउदै उनले कम्युनिष्ठ आन्दोलन बचाउन मोर्चा गरिने बताए ।

पत्रकार सम्मेलनमा समाजवादी पत्रकार संगठनका धनुषा अध्यक्ष अकुल प्रसाद साह, प्रदेश अध्यक्ष प्रविण साह, पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ प्रसाद साह नेताहरु रामचन्द्र झा, सत्रुधन महतो, रामअवतार यादव, लाल गोइत, गोविन्द न्यौपाने, शितल झा, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहितको उपस्थिती थियो ।