एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १४ : २०७४ को तत्कालिन पहिलो मधेश प्रदेश सरकारमा जितेन्द्र सोनल मधेश सरकारको दोस्रो वरियताका मन्त्री मात्र थिएनन त्यस सरकारको एक प्रखर प्रवक्ता र मुख्यमन्त्री लालबाबु राउत मात्र होइन तत्कालिन संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव संग समेत उनको सम्बन्धन घनिष्ट थियो ।
पछि राजपा र समाजवादी मिलेर एउटै पार्टीका नेतृत्व र नेता बनेपछि निकटता हुन स्वभाविक नै हुनेभयो । तर जब जसपाबाट तत्कालिन राजपा समुह अल्लगिएर लोसपा बन्यो र संघिय गठबन्धन अनुसार मधेश सरकारमा काग्रेसको प्रवेश तथा लोसपा बाहिरयो सोनलको सम्बन्ध जसपा संग बिग्रयो । तत्कालिन राजपाबाट मधेश अध्यक्ष र संसदिय दलका नेताका समेत रुपमा मधेश सरकारमा भौतीक पुर्वाधार विकास मन्त्रीका रुपमा सोनल पार्टीको नेतृत्वकर्ता मन्त्री थिए ।
उनलाई जसपाले सरकारबाट बाहिर गरेपछि तितो बनेको सोनल र जसपाको सम्बन्ध बाराको क्षेत्रहरुमा विवाद र झडपको रुपमा समेत परिणत नभएको होइन । लोसपाले एमाले संग मिलेर संघिय सरकार बनाएपछि जसपाले एमाले बारे चुप्प हुँदा लोसपा विरुद्व राजनिति फायर नै खोलेको थियो ।
तर गत वैशाख १० गतेको उपनिर्वाचनले यादव र सोनलको सम्बन्ध सुधार्ने प्रयास मात्र गरेको छैन जसपा अध्यक्ष यादवको जित पछिका तस्वीहरुले सोनल र यादव बिचको स्नेह पनि दर्शाइरहेको छ । बारा २ को प्रतिनिधीसभामा निर्वाचित भएपछि जसपा अध्यक्ष यादव र उनकी धर्मपत्नीले सोनल प्रति देखाएको सदभावले सोनल–यादवको सम्बन्ध कति सम्म सुमधुर भएको छ भन्ने दर्शाउछ ।
लोसपाले यादवलाई नै सर्मथन गर्ने गरि गबठन्धनमा सामेल भएपछि सोनललाई सो क्षेत्रको कमान्डरको रुपमा खटाएका थिए । जसपा बाराका नेताहरुले सोनलले भित्रै देखि सहयोग गर्छ त भन्ने आशंका समेत नगरेका होइन तर जब सोनल फिल्डमा उत्रे उनले दिनरात नभनि अभियानमा लागेको चुनावी अभियानको तस्वीरहरुले नै स्पष्ट गर्दछ । सोनल यादवको चुनावी घरदैलो देखि प्रचार प्रसारका मुख्यवक्ताका रुपमा खटेका थिए ।
राजनितिमा जे पनि सम्भव रहेको उदाहरण पनि हो यो, सम्मानजनक राजपालाई चुसेर लोसपा बनाउने मुख्यपात्र यादवलाई नै दर्शाउदै जसपा विरुद्व प्राय खनिने सोनल दिनरात मेहनत गरेर आज तिनै यादवलाई आफनो जिल्लाको क्षेत्रमा स्थापित गराउने काम गरेको छ । सुरुमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि सो क्षेत्रमा चुनाव लडन सक्ने चर्चा चलेको थियो । स्रोतका अनुसार जिल्लाका प्रभावशाली नेता भएकाले सो विषयमा यादव र महतो दुवैजना सोनलसंग सम्पर्कमा थिए ।
सोनलले जनमत वा एमाले मध्ये कम्तिमा कुनै एक दलले सहयोग गरे मात्र चुनाव लड्न नभए त्यसवारे नसोच्न आफनै पार्टीका वरिष्ठ नेता महतोलाई सचेत गराए । पछि लोसपा गठबन्धनलाईनै सहयोग गर्ने भएपछि तिन क्षेत्रको उपनिर्वाचन मध्ये एकको चुनावी मोर्चानै सम्हालेका सोनल गठबन्धनको सोहि एक मात्र सफल अभियानको एक अगुवा पात्र समेत बन्न सफल भएको छ । लोसपाका अन्य नेताहरुको समेत प्रतिनिधीत्व गदै सोनल जिल्ला र प्रदेशको नेतृत्वकर्ता नेताको हैसियतमा चुनावमा सक्रियता देखाएका थिए ।