एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ :
धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नोट सहित एक महिलालाई पक्राउ गरेको छ । ७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोली २५ वर्षिया अनुको ब्यागमा तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरिएको हो ।