एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ९ : नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एस पार्टीको अहिले कुनै पनि पार्टी संग एकता नहुने स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका सम्मानित नेता खनाल जनकपुरधाम विमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले कसै संग तत्काल पार्टी एकिकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए । उपनिर्वाचन पछि बर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो आहार, व्यवहारको प्रयोग भयो भन्ने निश्चित गठबन्धनको स्वास्थ्य विग्रने उनले बताए ।
उनले आफु एमालेमा फर्किने कुरामा कुनै सत्यता नरहेको भन्दै आफुले बनाएको नयाँ पार्टी छोडेर फेरि बिना कारण एमालेमा फर्किनुको कुनै तुक नरहेको बताएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाल संग तपाई असन्तुष्ट हो ? भन्ने अर्को जिज्ञासामा उनले विवाद र असन्तुष्टि हरेक राजनितिक दलमा रहेको बताए ।
उनले बामपन्थी शक्तिहरु मिल्नुको विकल्प समेत नरहेको बताए । देशको विभिन्न क्षेत्रहरु जस्तै यस पवित्र जनकपुरधामबाट पनि आफुहरु आज बामपन्थीहरुको एकताका लागि आग्रह र आहवान गर्ने उनको तर्क थियो । सम्मानित नेता खनाललाई विमानस्थलमा स्वागत गर्न पार्टीका नेता कार्यक्रताहरु पुगेका थिए ।