एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ५ : जनकपुरधाम स्थित मालपोत कार्यालयमा अहिले राती नै भुमाफियाहरुको भिडभाड लागेको छ । नेपाल सरकारले बन्द रहेको जग्गा जमिनको कित्ताकाट फुकुवा गरे लगत्तै पुन: अर्को कुनै निर्णय हुन सक्ने भन्दै अहिले राती नै भुमाफियाहरु कर्मचारीहरुलाई मिलाएर रातारात काम गर्न लगाउने उद्देश्यले मालपोत गाडीघोडा सहित पुगेको थियो ।
एसपी खवर स्रोतले जानकारी गराएपछि हामीले प्रहरीलाई सम्पर्क गर्दा आफुहरुलाई कुनै पनि जानकारी नरहेको र बुझने प्रयास गरिरहेको प्रहरी उपरिक्षक बिश्वराज खडकाले बताए । एसपी खवरका संवाददाता त्यहाँ अहिले मालपोत पुग्दा त्यहाँ प्रहरी समेत पुगिसकेको र भुमाफियाहरु लिएर आएको गाडीहरु पनि त्यहाँबाट हिडिसकेको बताइएको छ ।
मन्त्रीपरिषदको निर्णयबाट मंगलवार बेलुकी हाल स्थगित रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने नेपाल सरकारको निर्णय पछि भुमाफियाहरु सक्रिय भएका छन् । मालपोतमा राती नै उनीहरुको उपस्थिती हुनुले पनि कति सम्म जग्गा जमिनको कारोबार स्थगित रहेको भन्ने बुझन सकिन्छ । उनीहरु रातीनै त्यहाँ पुग्नुले कर्मचारीहरुको मिलिभगत र भ्रष्टाचारको समेत स्पष्ट संकेत गर्दछ ।