एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : जनकपुरधाममा जारी मेयरकप २०७९ को उपाधीका लागि धनुषा र बारा शुक्रवार भिडने भएका छन् । विहिवार भएको दुई सेमिफाईनल खेलहरुमा धनुषाले सप्तरी र बाराले बिराटनगरलाई पराजित गर्दै आफनो फाइनलको यात्रा तय गरेको हो । विहिवार भएको पहिलो सेमिफाइनल खेलमा सप्तरीलाई सजिलै पराजित गर्दै धनुषा शुक्रवार हुने उपाधि भिडन्त फाइनलमा पुगेको छ । सप्तरीलाई ३२ वल वाँकी छदै सात विकेटले सहज रुपमा पराजित गर्दै धनुषा फाइनलमा पुग्न सफल भएको छ ।
निर्माणाधिन श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाम १४ रजौलमा विहिवार विहान भएको पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको सप्तरी सबै ओभर खेल्दै र अलआउट समेत हुदै मात्र ७७ रनको झिनो योगफल तयार पार्न सक्यो । सप्तरीका लागि अभिशेष थापा अविजित ३४ र रोहन विके १५ वाहेक अन्य कुनै बल्लेबाज चल्न सकेन । धनुषाका लागि हरिशंकर साह २, शरद भेषवाकर २, कृष्ण कार्की २ र विशाल सुशलिङ्ग १ विकेट लिएका थिए । ७८ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको धनुषा १४.४ ओभरमा मात्र तिन विकेट गुमाएर ७८ रन बनाउन सफल भएपछि फाइनलको यात्रा तय भएको हो ।
धनुषाको जितमा विशाल सुशलिङ्ग ३८ र हिमांशु दत्त १५ रनको योगदान दिए भने अकवर अली ११ रन जोडे । सतप्रीका बलरहरु विकास दास, राहुल मण्डल र पप्पु यादव एक/एक विकेट लिन सफल भए । खेलमा धनुषाका लागि १ विकेट र ३८ रन जाडेका सुशलिङ्ग म्यान अफ दी म्याच चुनिए । विहिवार दिउँसो भएको दोस्रो एकदमै रोमाञ्चक सेमिफाइनल खेलमा बाराले कोशी प्रदेशको राजधानी विराटनगर टिमलाई मात्र एक रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर ब्याटिङ्ग पहिला गरेको बाराले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय २८ रनको सम्मानजनक योगफल तयार गरयो । बाराका लागि निखिल सिंह २५, रवि साह र अनिल कुमार साह २४/२४ तथा साहिल पटेलले २३ रन जोडेर टिमका लागि सम्मानजनक योगफल तयार पार्न योगदान गरयो । विराटनगरका लागि दिपेश कंडेल र सिद्वान्त लोहनी ३/३ र मुकुन्द यादव तथा भाषकर दुवेले एक/एक विकेट लिए ।
१ सय २९ रनको लक्ष्य लिएर जवाफि ब्याटिङ्गका लागि मैदानमा उत्रेका विराटनगरले सुरुमै केहि विकेट गुमाएपनि मध्यम क्रममा आएका ब्याट्सम्यानहरुले सम्हालेर खेल्दा लक्ष्य पुरा गर्ने समान्य माहोल बनाई सकेको थियो । तर अन्तिममा सम्हालेर खेल्न नसक्दा जित्नै लागेको म्याच विराटनगरले गुमाउनु परयो । अन्तिम छ बलमा मात्र सात बनाउनु पर्ने स्थितीमा अन्तिर विकेटका रुपमा खेलिरहेका ब्याट्सम्यानहरु सम्हालिन नसक्दा विराटनगर हार्नु परेको हो ।
अन्तिम दुई बलमा चार रन बनाउनु पर्नेमा अन्तिम दोस्रो बलमा दुई रन सहज रुपमा हुने स्थितीमा स्ट्राइकमा रहेको ब्याटसम्यानले एक मात्र रन लिएर अन्तिम बलमा चौका प्रहार गर्ने मनस्थितीले रन लिन नचाहेपछि एक बलमा तिन रन बनाउनु पर्ने बाध्यता आयो र बिराटनगर अन्तिम बलमा मात्र एक रन लिन सकेपछि हार ब्यहोर्नु परेको हो । बिराटनगरका लागि पुष्पा थापा २८, दिपेश कंडेल १४, सुजन थपलिया ११ र मिनास थापा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सितैमा पेवेलियन फर्केका थिए ।
बाराका लागि रवि कुमार साह ३, पवन सर्राफ र अनिल कुमार साह २/२ विकेट लिए । खेलमा बाराका लागि ३ विकेट र २४ रन जोडने रवि कुमार साह म्यान अफ दी म्यान चुनिए । भोली विहान ११ बजे उपाधिका लागि धनुषा र बारा बिच फाईनल म्याच हुने छ ।