एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : फेसबुकमा केहि लेखेकै भरमा तुरन्त पक्राउ गर्ने नेपाल सरकार अपहरण हुँदा समेत मुद्दा दर्ता नगरेको भन्दै लकडाउनकै बिच मशाल जुलुस प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी नेपालका नेता कार्यक्रताहरु सिरहाको कल्याणपुर वडा नंं. ५ मा वडा अध्यक्षकै अगुवाईमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
कानुन एक मात्र हुनुपर्छ कानुन सबैका लागि बराबर हुनुपर्छ भन्दै पुर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमाने पछि मशाल जुलुस निकालिएको हो । अपहरण कान्डको मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादव बताएका छन । उनी संघिय समाजवादी फोरमवाट वाड अध्यक्ष जितेका हुन ।
उनले भने, ‘मन्त्री होस या सर्वसाधारण सबैको लागि कानुन बराबर हो, यसमा काखापाखा गर्नु राम्रो होइन यो अन्याय हो यदि मुद्दा दर्ता भएन भने लक डाउन पछि सिरहाको कल्याणपुरको चिकना बाट आन्दोलन सुरु गर्छौ ।’ मुद्दा दर्ता नभए आन्दोलनको कार्यक्रमहरु जारी रहने समेत उनले बताए । यद्यपि प्रदर्शनकारीहरु मास्क लगाएको वा मुख छोपेको तथा समाजिक दुरी कायम गरेको भने देखिन्छ ।