एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : मेघनाथ यादव, शिक्षक जगतमा आफैमा एक चर्चित नाम हुन । धनुषा सहित मधेश प्रदेश मात्र होइन देशकै शिक्षकहरु यस नामसंग अपरिचित एक आध मात्रै होलान । धनुषाको रघुनाथपुर घर भई हाल एतिहाँसिक विद्यालय श्री सरस्वती माविमा शिक्षण पेशाका क्रममा जनकपुरधाम बसोबास गर्दै आएका शिक्षक यादव पर्सी विहिवार हुने कांग्रेस समर्थित नेपाल शिक्षक संघको संघिय महाधिवेशनमा केन्द्रिय महासचिवमा उम्मेदवार बन्दै छन् । अध्यक्ष पदका उम्मेदवार सोमनाथ गिरीको टिममा उनी महासचिवको टिकट पाएका छन् ।
उनको उम्मेदवारी संघै इतिहाँसमा नयाँ र पहिलो पनि छ । उनी अहिले सम्मकै संघको केन्द्रिय नेतृत्वमा महासचिवको लागि टिकट पाउने पहिला मधेशी उम्मेदवार हुन । हाल सम्म अध्यक्ष र महासचिवमा कुनै पनि मधेशीले टिकट समेत पाएका थिएनन् । भोली बुधवार मनोनयन र पर्सी विहिवार ८ बजे विहान देखि १ बजे सम्म काठमाण्डौंमा हुने नयाँ नेतृत्वको निर्वाचनमा यादव महासचिवमा उम्मेदवारी दिने भएका छन् ।
को हुन मेघनाथ ?
करिव ७ सय देशै भरिका शिक्षकहरु मतदाता रहेको संघको केन्द्रिय महासचिवका उम्मेदवारी दिइरहेका यादव नेपाल शिक्षक संघको धनुषा सचिवका रुपमा ४ वर्ष, त्यसपछि निरन्तर दुई कार्यकाल धनुषा अध्यक्ष गरि कुल ८ वर्ष गरि जिल्लाको १२ वर्ष नेतृत्व गरेका हुन् । त्यसपछि प्रादेशिक संरचनामा गएको संघको पहिलो मधेश प्रदेश अध्यक्षका रुपमा पाँच वर्ष कुशल नेतृत्व गरेका यादव आफनो जितले मधेशको सम्मान हुने र कांग्रेसी शिक्षकहरुको हौसला बढने बताए ।
उनले आफु जिल्ला र प्रदेश गरि कुल १७ वर्ष मधेश र देशका शिक्षकहरुको हक र अधिकारका लागि निरन्तर लडेको भन्दै देशै भरिका शिक्षकहरुले यस्को मुल्याङ्ककन गर्ने समय आएको बताए । संघको ३३ वर्षको इतिहाँसमा महासचिमा म मधेशको प्रतिनिधीत्व गर्दैछु मधेश खुसी छ उनले भने, ‘मेरो हुनै लागेको जितले मधेशमा कांग्रेसकै सम्मान हुनेछ ।’
धनुषाको रघुनाथपुर स्थित मावि बरकुर्वामा २०४१ सालमा कक्षा सातमै अध्यन्नरत रहेका बेला यादव नेविसंघमा आवद्व भए । कक्षा सातमा पढदै थिए, विद्यालयको छात्रवासमा नेताहरु रामकृष्ण यादव र महेन्द्र यादव सहितका नेताहरु आफुहरुको होस्टलमा पुग्दा देखिनै आफुहरु पर्चा पम्पलेट टाँस्ने काम गर्न थालेपछि नेविसंघमा आवद्वता भयो, उनले सुनाए । त्यसपछि २०४९ देखि २०५१ सालको कार्यकालका लागि सिरहा क्याम्पसमा स्ववियु सभापतीमा यादव चुनाव जित्दा सगरमाथा अञ्चल भरिमै उनी एकमात्र नेविसंघबाट स्ववियुमा जित्ने सभापती पनि भए ।
२०४४ सालमा एसएलसी परिक्षा दिएका उनी त्यसपछि सिरहा क्याम्पससको नेविसंघ ईकाई सभापती भएर काम गर्न थाले । २०५४ सालमा अस्थाई रुपमा शिक्षण पेशामा आवद्व भएसंगै यादव नेपाल शिक्षक संघमा आवद्व भई २०६० साल देखि स्थाई रुपमा निरन्तर शिक्षण पेशा र शिक्षक अगुवाका रुपमा काम गर्दै आएका छन् ।