एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : जनकपुरधाम मेयरकप २०७९ को छैठौ दिनको दोस्रो खेलमा मंगलवार काठमाण्डौंले पोखरालाई ओभरको अन्तिम बलमा पराजित गर्न सफल भएको छ । एकदमै रोचक प्रतिस्पर्धामा काठमाण्डौंका ब्याट्सम्यानले अन्तिम एक बलमा दुई रण बनाउनुपर्ने थियो, त्यस अगाडिको दुई बल डट भइसकेको दबाब ब्याट्सम्यान माथी थियो दर्शकहरुले पोखराले जित्ने नभए खेल सुपर ओभरमा जाने बताइरहेका थिए तर तर कांठमाण्डौंका ब्याट्सम्यानले अन्तिम बलमा दुई रण दौडेर लिन सफल भएपछि काठमाण्डौं २ विकेटले खेल जितेको हो ।
टस जितेर ब्याटिङ्ग थालेको पोखरा निर्धारित २० ओभर मध्ये १९.१ ओभरमा सबै विकेट गुमाउदै १ सय १८ रनको योगफल तयार पारेको थियो । पोखराका लागि किरण पौडेल २९, सन्दिप खत्री १९ र कृष्ण पौडेल १५ वाहेक अन्य ब्याट्सम्यानहरु खासै चल्न सकेन । काठमाण्डौंका लागि गजेन्द्र बोहरा ३, इसान पाण्डे र एमडी हुसेनले २/२ विकेट लिएका थिए ।
१ सय १९ रनको लक्ष्य पछयाउन मैदान उत्रेको काठमाण्डौं ८ विकेटको क्षतीमा अन्तिम बलमा खेल जित्न सफल भयो । पोखराको जितमा गजेन्द्र बोहराको ६३ रन निर्णायक सावित भयो । ३१ बलमा ११ चौका र २ छक्का प्रहार गरि बोहराले व्यक्तिगत ६३ रन बनाई दिदाँ काठमाण्डौंको जित सम्भव हुन पुगेको हो । ईसान पाण्डेले अविजित २० रन बनाउँदा अरु खेलाडीहरु दोहोरो रन नबनाउदै पेवेलियन फर्केका थिए । पोखराका लागि बलरहरु कमल थापा ३ र नितेश गिरी २ विकेट लिन सफल भए ।
![](https://spkhabar.com/wp-content/uploads/2023/04/339006809_782773179948558_1524249614082584977_n-1024x478.jpg)
खेलमा टिमका लागि ३ विकेट र ६३ रन जोडन सफल बोहरा म्यान अफ दी म्याच चुनिए । प्रतियोगीतामा बुधवार विहान ९ बजे हुने पोखरा विरुद्व सप्तरीको खेलको विजेता सेमिफाईनलमा पुग्ने छ भने दिउँसो पत्रकार विरुद्व जनप्रतिनिधीहरुको मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ । यस अघि लगातार दुई खेल जित्दै धनुषा, बारा र बिराटनगर सेमिफाइनलमा पुगिसकेका छन् ।