एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : जनकपुरधाम मेयरकप २०७९ को मंगलवारको पहिलो खेलमा विराटनगरले पर्सालाई ५६ रनले पराजित गर्दै विजयी यात्रा कायम मात्र राखेको छैन सेमिफाइनलमा पनि प्रवेश गरेको छ । मेयरकपको छैठो दिन श्री रामजानकी अन्तराष्ट्रिय बहुद्देश्य रंगशालामा भएको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ्ग गरेको विराटनगरले सबै ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय १३ रनको योगफल तयार गरेको थियो ।
उनका लागि मुकुन्द यादव अविजित २३, कपिल मण्डल १७ र फिरदोस अन्सारी १७ रन बनाएका थिए भन्ने अन्य बल्लेबाजहरु सम्मानजनक रन बनाउन सकेन । पर्साका लागि रञ्जित कुमार, नसुरद्दिन अन्सारी र रसिद खानले २/२ विकेट लिएका थिए । जवाफी ब्याटिङ्गमा १ सय १४ रनको लक्ष्य सहित मैदान उत्रेका पर्सा टिम ५७ रनमै सबै विकेट गुमाएर समिति भए ।
१४.४ ओभर मात्र खेल्न सकेका उनका लागि अल्फाज मन्सुरीले १४ रन बाहेक अन्य कुनै पनि बल्लेबाज दोहारो अंकको रन जोडन सकेन । पर्सालाई ५७ रनमै समेटने क्रममा विराटनगरका दिपेक कडेँल ४ र फिरदोस अन्सारी ३ तथा श्रवण किस्कु २ विकेट लिए । लेखमा ३ विकेट व्यक्तिगत १७ रन जोडेका विराटनगरका फिरदोस अन्सारी म्यान अफ दी म्याच चुनिए । प्रतियोगीता अन्तर्गत आजको दोस्रो खेल अहिले सोहि मैदानमा देशको राजधानी काठमाण्डौं र गण्डकी प्रदेशको राजधानी पोखरा बिच जारी छ ।