एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : दोस्रो खेल जित्दै बारा पनि जनकपुरधाम मेयरकप २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । चौथो दिनको पहिलो खेलमा रौतहटलाई ५३ रनले पराजित गर्दै बारा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
रौतहटले टस जितेर फिल्डिङ्ग रोजेपछि रन जोडन मैदान उत्रेको बाराले निर्धारित २० ओभर खोल्दै ६ विकेटको नोक्सानमा १ सय ३७ रनको योगफल तयार पारेको थियो । उनका लागि त्रिथराज दास ३७, निखिल सिंह २८ र पनव सर्राफ २६ रनको योगदान गरेका थिए भने अर्का ब्याट्सम्यानहरु खासै चल्न सकेन । रौतहटको तर्फबाट धर्मेन्द्र साह २ तथा अन्य बलरहरुले एक/एक विकेट लिए ।
१ सय ३८ रनको लक्ष्य पछ्याउन मैदान उत्रेका रौतहटका बल्लेबाजहरु १४ ओभर समेत पार गर्न सकेन र १३ ओभर चार बल मात्र खेल्दै सबै विकेट गुमाएर मात्र ८४ रनमा सिमित हुन पुग्यो । उनका लागि अरबिन्द चौधरी १७, शैलेन्द्र कुशवाहा १३ तथा नितेश यादव १२ रन जोडेपनि अन्य ब्याट्सम्यान सस्तोमै आउट भएका थिए ।

बाराका लागि कुमार थापा ४ र अरनिको यादव ३ विकेट लिएर रौतहटको जितको सम्भावनामा तुसारापात ल्याइदिए । साथै पवन सर्राफ २ र अनिल कुमार साह एक विकेट लिएपछि रौतहट उपर बाराको सहज जित सम्भव भएको हो । खेलमा बाराका कुमार थापा म्यान अफ दी म्याच चुनिए । आजै हुने अर्को खेल १:४० बजे सर्लाही विरुद्व पर्साको हुनेछ ।