एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : माँ जानकी जनकपुरधाम यातायात प्रा.लि. द्वारा नयाँ बसपार्कको छेउमा नवनिर्मित भब्य मन्दिरमा बैशाख १५ गते विभिन्न देवी देवताको मुर्तीको प्राणप्रतिष्ठा हुने भएको छ । प्रा.ली.का अध्यक्ष मनोज चौधरीका अनुसार सो मुर्तीको प्राण प्रतिष्ठाका लागि हुने धार्मिक अनुष्ठानमा चित्रकुटका सन्त श्रीमन रामभद्राचार्यको समेत जनकपुधाम आगमण हुने भएको छ ।
सो अनुष्ठानलाई भब्य बनाउन जनकपुरधामको जानकी मन्दिरमा यहाँका सवै पक्षका अगुवाहरु संग वृहत छलफल गरिएको छ । जनकपुरधाममा थप एक प्रख्यात साधुको आगमण र मन्दिरमा मुर्तीको प्राण प्रतिष्ठाका कार्यक्रमलाई स्मरणीय बनाउन प्रा.ली.ले सवै पक्ष संग सल्लाह गर्नेै उद्देश्यले छलफल गरिएको र त्यसबाट आएको सुझाव अनुसार कार्यक्रम तय गर्ने तयारी भएको अध्यक्ष चौधरीले बताए ।
सो दिन हनुमानजी, रामदरबार, बाबा भोलेनाथ र माता पार्वती, गणेश र कार्तिकेय तथा बाबा बिश्वकर्माको मुर्ती स्थापित हुने चौधरीले भने । साधु रामभद्राचार्यको करकमलबाट हुने सो मुर्ती प्राण प्रतिष्ठन अनुष्ठानका लागि दुई सय एक सदस्यीय मूल समिति गठन गर्ने समेत बैठकबाट निश्कर्ष निकालिएको छ । विभिन्न आयोजनका लागि संयोजकहरु समेत जिम्मेवारी तोकिएको उनले बताए ।