एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : जनकपुरधाम उ.म.न.पा. वार्ड २३ का वडा अध्यक्ष राघवेन्द्र साहले सबैलाई सहज र सरल हुने वडा कार्यालय बनाउन खोज्दा विपक्षीले षडयन्त्र गरेको आरोप लगाएका छन् ।
मंगलवार लादोबेला पुल स्थित लादोवेलाका स्थानियले वडा कार्यालय सबै समुदाय र वडावासीका लागि सरल र सहज स्थलमा हुनुपर्ने मांग गर्दै सडकमा प्रदर्शनमा उत्रेका वेला अस्थाई वडा कार्यालयमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै वडा अध्यक्ष साहले हाल बिन्हीमा रहेको वडा कार्यालय मन्दिर प्राङ्गणमा रहेको, त्यहाँ २२ दिवसीय नवाह समेत आयोजना हुने भएपछि हिन्दु मुस्लिम सबैलाई सहजताका लागि तत्काल अस्थाई रुपमा बेला पुल छेउमा ल्याइएको र पछि आफनै भवन बनाएर त्यहाँ सञ्चालनका लागि काम भइरहेको बताए ।
बिन्हीवासीलाई वडा कार्यालय किन सार्न दिने ? भन्दै यसअघिका वडा अध्यक्ष सहितको समुहले गलत मनशायले भडकाएर वडावासी बिच दुरी बनाउने काम गरिरहेको समेत उनको आरोप छ ।
हालको कार्यालय मन्दिरमा र साँगुरो जग्गामा छ त्यहाँ सबै समुदाय जाँदा अरुलाई चित बुझदैन त्यसैले वडाको बोर्डको बैठकले तत्काल अस्थाई रुपमा वडा कार्यालय बेलामा राखेर सार्वजानिक भवन बनाएर त्याहाँ दिर्घकालिन रुपमा वडा सञ्चालनको काम प्रक्रियागत रुपमै आफुहरु गर्न लागेको उनले बताए ।
सोमवार बिन्हीका केहि स्थानियले त्यहाँ स्थित साविकको वडा कार्यालय अन्यत्र सार्न लागेको भन्दै पुर्व वडा अध्यक्ष सत्रुधन पाण्डेको नेतृत्वमा विरोध र धर्नामा बस्दै आपती जनाउँदा आज लादोबेलाका स्थानिय विरोधमा उत्रेका छन् । विधि र पक्रिया भन्दा पनि मेयर मनोज कुमार साहले भने दुवै समुहलाई तपाँईहरु ठिक भनेकाले पनि यस्तो समस्या भएको उनीहरुको आरोप छ ।