एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आईरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरुले विभिन्न एपमार्फत हनिट्रैप जस्तो धन्धा गर्दै आएको प्रहरी नायव उपरीक्षक गौतमले बताए । पक्राउ पर्नेमा १४जना पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको र विस्तृत आउन बाँकी रहेको उनले बताए ।