एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी अन्तराष्ट्रिय बहुद्देश्य रंगशालाको प्रचार प्रसारका लागि हुन लागेको मेयर कप २०७९ टि २० क्रिकेट प्रतियोगीताको टिम र समुह सार्वजानिक भएको छ ।
कुल १२ टिमहरुलाई आयोजकले ४ समुहमा विभाजन गरि सार्वजानिक गरेको छ । प्रतियोगीताको सहजीकरण गरिरहेको धनुषा जिल्ला क्रिकेट संघले गोलाप्रथाद्वारा टिमहरुलाई चार समुहमा विभाजन गरि चारवटै समुहको नामांकरण समेत मिथिलाका उत्कृष्ट शब्दहरुले गरिएको छ ।
समुहहरुको क्रमश जानकी, वैदेही, मैथिली र भुमिजा नामांकरण गरिएको छ । यि चारवटै नामले माता सितालाई हिन्दुहरुले पुकार गर्ने गर्दछ । जानकी समुहमा जनकपुरधाम, महोतरी र सिरहा, वैदेहि समुहमा हेटौडा, रौतहट र बारा, मैथिलीमा काठमाण्डौं, सप्तरी र पोखरा तथा भुमिजामा विराटनगर, सर्लाही र पर्साका टिमहरु समावेश भएका छन् ।
संघका अध्यक्ष गुड्डु पाण्डले २३ गते हुने समुदघाटनमा भब्य रुपमा उपस्थित भई रंगशाला निर्माणको अभियानमा आफनो सहभागिता जनाउन आग्रह गरेका छन् ।