एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ : मधेश सरकारको भौतीक पुर्वाधार विकास मन्त्रालयले ३ सय ११ किलोमिटरको मधेश शहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया आगाडि बढाएको छ । मन्त्री सरोज कुमार यादवले आईतवार पत्रकार सम्मेलनको आयोजना गरि कागजमा मात्र सिमित यो मार्ग निमार्णका लागि एलाइनमेन्ट (रुट रेखांकन) सार्वजानिक गर्दै छिट्टै मन्त्री परिषदबाट पारित गरेर टेन्डर प्रक्रियामा जाने बताएका छन् ।
मधेश सरकारबाट एमाले बाहिरने चर्चा चलिरहेका बेला मन्त्री यादवले गौरवको आयोजना भएपनि यस अघिका मन्त्री, पालिकाका प्रमुखहरु बिच कुरा नमिल्दा सुरु हुन नसकेको भन्दै कसैले हिम्मत नगरे सम्म नहुने भएकाले आफुले मधेशको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको उनले बताए ।
लोकमार्गको अलाइनमेन्ट सलेक्शनका लागि ईओआई ईबिडिङ्गबाट सुचना प्रवाह गरि कन्सलटेन्ट हायर गरि तिनवटा एलाईनमेन्ट बनाउन लगाएर तिनै मध्ये इकोनोमिक, छोटो र सिधा एलाइन्मेन्ट कार्यान्यनका लागि मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रीपरिषदमा लग्ने तयारी भएको बताएका छन् ।
विगतको दुई आर्थिक वर्ष देखि स्वीकृती पाएर समेत निर्माण कार्य अगाडि बढन नसकेको सो लोकमार्ग अन्तर्गत विभिन्न रुट गरि सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्ने छ । दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६.८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्ने छ । मन्त्रीपरिषदबाट स्वीकृत हुने वितिकै २ करोड ५० लाखको लागतमा मार्गको डिपिआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ ।
कतिपयले भने एमाले मधेश सरकारमा बैशाख १० गतेको उपनिर्वाचन सम्म मात्र रहने बुझेकाले जानेवेलामा केहि गरेर देखाउन खोजेको जस्तो गर्नलाई यो योजना अगाडि सारेको टिप्पनी गरिरहेका छन् ।