एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : विज्ञहरुले राजनितिक दलहरुले विपद न्युनिरकरण तथा व्यवस्थापन विभाग नै बनाउनु पर्ने बताएका छन् । जनकपुरधाममा युथ ईनोभेशन ल्याबद्वारा आयोजित प्रदेश स्तरीय विपद पोर्टलका लागि अनुभव आदानप्रदान, स्थानियकरण तथा सञ्चालन कार्यशालामा बोल्दै पुर्व शिक्षा मन्त्री तथा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ सदस्य डा. गंगालाल तुलाधरले राजनितिक दलहरु युवा र विद्यार्थी दस्ता गठन गरेपनि उनीहरु चुनावमा मात्र केन्द्रित हुने तर विपदका बेला सेल्फी खिच्न मात्र सिमित हुने गरेको आरोप लगाएका छन् ।
उनले हरेक राजनितिक दलहरुले युवा जमातको सहभागितामा विपद न्युनिकरण तथा व्यवस्थापन विभाग पार्टी भित्र गठन गरि विपद सामना र व्यवस्थापनका लागि जिम्मवार हुन आवयश्क रहेको बताएका छन् । युथ ईनोभेशन ल्याबका कार्यक्रम निर्देशक कुमार पौडेलले परियोजनाले रौतहटको ४ र सिरहाको दुई पालिकाहरुमा स्वयमसेवक परिचालन गरि पालिकाको विपद, जोखिम र त्यसको व्यवस्थापनका लागि डाटा संकलन गरि त्यहाँका प्राविधिक र जनप्रतिनिधीहरुसंग सम्भाब्यता सहितको विभिन्न निकासको विषयमा काम गरिएको बताए ।
रौतहटको राजदेवी, दुर्गा भगवती, देवाहीगोनाही, गरुडा र सिरहाको कल्याणपुर तथा सिरहा नगरपालिकामा काम गरिएको बताए । जनकपुरधाममा बुधवार आयोजित कार्यशालामा पालिकाका प्रतिनिधीहरुले आफनो अनुभव सुनाएका थिए । कार्यक्रममा विपद व्यवस्थापनका विज्ञ डा. तुलाधरले विपद जोखिम न्युनिकरणको सन्दर्भमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।