FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

गोकुल, महेश, किसान र सर्वेन्द्रले बालुवाटारमा ल्याएको संकट, एकाएकको एकतावाट नेकपामा त्रास, ओलीका लागि प्रचण्ड भन्दा माधव उतम

प्रधामन्त्री ओलीको नैतिकता प्रति चौतर्फी प्रहार, व्यापक राजिनामाको मांग

गोकुल, महेश, किसान र सर्वेन्द्रले बालुवाटारमा ल्याएको संकट, एकाएकको एकतावाट नेकपामा त्रास, ओलीका लागि प्रचण्ड भन्दा माधव उतम

पुरन रौनियार
जनकपुरधाम, बैशाख १५ :
एकाएक आएको अध्यादेश र त्यसको फिर्ताको घटनाले राजनितिक तरंग मात्र ल्याएन कार्यकारी पदमा आसिन प्रधानमन्त्री जस्ता गरिमामय पदको दुरुपयोग र पावरको मिस युजको पनि खुवै चर्चा छ । प्रत्येक सञ्चार माध्यममा प्रधानमन्त्री केपि शर्मा ओलीको नैतिकता माथी प्रश्न छ भने पार्टी भित्रै र विपक्षीहरु पनि अव प्रधानमन्त्रीको विकल्प खोज्नु पर्ने मनशाय बनाइसकेका छन् । समाजिक सञ्जालको त कुरै छाडौं त्यसमा त पक्ष विपक्षको कुनै नियन्त्रण नै छैन ।
प्रधानमन्त्री ओली मात्र होइन उनीसंग जोडेर नेपाल प्रहरी जस्तो जनताको सुरक्षामा खटने संस्था समेत बदनाम भइरहेको छ । राजनितिक विश्लेषकहरु भन्नु हुन्छ, ‘परिणाम जे हुने भएपनि देशकै तेस्रो ठुला दलका सवै शिर्षनेताहरुले केहि सांसद र पुर्व प्रहरी प्रशासक विरुद्व हाल्न गएको मुद्दा दर्ता नहुनुले झनै प्रधानमन्त्री माथी दोष लगाउने बाटो खोलिदिएको छ । पुर्व सुचना सञ्चार तथा प्रविधी मन्त्री गोकुल बास्कोटाको अडियो काण्ड, कोरोना विरुद्वको सरसमान खरिद प्रकरण, एकाएक आएको अध्यादेश र त्यसको वापसी तथा सांसद अपहरणको हल्लाले प्रधानमन्त्रीको साख हल्लिएकै हो ।

देशकै चार मध्ये एक मुख्य पार्टी फुटाएर मधेशवादी दललाई कमजोर गरि मधेशमा समेत पावर प्रदर्शन गर्ने ओलीको योजनामा उनका योजनाकारहरु नालायक सावित भएपछि उनको योजना त गयो गयो उल्टै त्यसको नाकारात्मक प्रभाव देखिएको छ । भलेही बहुमतका साथ प्रधानमन्त्री ओली कुर्सीमा विराजमान रहेपनि देशको जनताको मतले स्थापित देशकै अव तिन दल मध्ये दुईदल नेपाली कांग्रेस र जसपा प्रधानमन्त्रीको विरोधमा उत्रिएपछि नैतिकतामा संकट उत्पन्न भएको छ । प्रधानमन्त्री ओली समेत आफु् असुरक्षित रहेको बुझिसकेकाले त्यस्तै परिस्थिती आए नेतृत्व कस्लाई दिने भन्ने बारे तयारी थालि सकेको बालुवाटार स्रोतको बुझाई छ ।

रमेश खरेलका अनुसार सर्वेन्द्र कार्ड फेल

पुर्व सफल प्रहरी प्रशासक रमेश खरेलले एक टेलिभिजनलाई दिएको अन्तवार्तमा स्पष्ट भनेका छन्, ‘सर्वेन्द्र खनालको फाइल पनि अख्तियारमा छन, त्यसैले पदमा भएपनि नभएपनि जस्तो भन्यो उस्तै गर्नुपर्ने बाध्यता सवेन्द्र मात्र नभई अधिकांश प्रहरी प्रशासक समक्ष हुन्छ ।’ स्वतन्त्र हुनुपर्ने प्रहरी प्रशासनलाई समेत विभिन्न षडयन्त्रमा पारि आफु अनुकुल प्रयोग नगरे सत्तमा पुग्ने उद्देश्य प्राप्ती गर्न नसकिने भएकाले नेपालको परिपाटी बनिरहेको उनको भनाई थियो । आइजिपीका लागि अति योग्य खरेल विरुद्व खेल भएपछि उनी स्वतन्त्र वक्ताका रुपमा सार्वजानिक हुने गरेका छन् ।

ओलीको मनमा प्रचण्ड भन्दा माधव उतम

केहि दिन एता आफना कडा आलोचक पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपालसंगको अन्तरंगले पनि प्रधानमन्त्री ओली पुष्पकमल दाहाल भन्दा नेपाललाई अगाडि बढाउने सोचमा छन् । कार्यकारी पनि र परि आएको खण्डमा नेतृत्व पनि प्रचण्डले हत्याए पार्टी र पुर्व एमालेका लागि घातक हुने ओलीले बुझिसकेका छन् । नेकपा भित्र एमाले र माओवादीको बहस अझै पनि छ भन्ने कुरा सभामुख सहितका प्रकरणले जनता समक्ष छर्लङ्ग छ । केहि दिन अघि कांग्रेसका शेखर कोइरालासंगको तिन घण्टा लामो भेट, कांग्रेसका सभापति शेरबहादुर देउवासंग एकाएक एकल वार्ता र आज पुन ः नेपालसंगको एकल छलफलले केहि संकेत गरेकै छ । प्रधानमन्त्री ओली स्वास्थ्यका कारण विश्राम गर्ने सोचमै रहेकावेला पछिल्लो घटनाक्रमले सेफ ल्यान्डिङ्गका साथ अव विश्राम नै ठिक हुने उनले सोचिरहेका छन् ।

एकाएक भएको एकतावाट त्रसित नेकपा

मधेशवादीलाई फुटाएर मधेश मुद्दा कमजोर बनाउन ल्याइएको अध्यादेशकै कारण मधेश केन्द्रित दल एक भएपछि प्रधानमन्त्री नेकपाको दबाबमा एकाएक अध्यादेश फिर्ता पनि ग¥यो । कारण थियो सोहि अध्यादेशलाई टेकेर नेकपा फुटन सक्ने खतरा । अध्यादेश टेकेर नेकपा फोडने र कांग्रेस, सजपा तथा नेकपा फुटेर बन्ने दल मिलेको खण्डमा नयाँ सरकार बन्ने खतरा अगाडि देखिएकाले नै अध्यादेश तुरन्त र्फिता भयो । तर अव परिस्थितीलाई नियन्त्रण गर्न नेता नेपालको पत्ता ओलीले खेल्न सक्ने सम्भावना छ । कांग्रेस मात्र होइन मधेश र मधेशी दलमा समेत उतिकै प्रभावशाली मानिने नेता नेपालले नै स्थिती नियन्त्रण गर्न सक्ने अडकलवाजी ओली खेमामा छ ।

प्रचण्ड कार्यकारी पद पाए पार्टी र देशमै माओवादी खेमाको बर्चस्व कायम हुने र एमाले विलिन हुने भएकाले बरु नेपाल लाई अगाडि बढाउने ओलीको मनशाय छ । जति विरोध र तिरस्कार गरेपनि नेता नेपाल पार्टी फोडने पात्र नरहेकाले विश्वास गर्नुको विकल्प प्रधानमन्त्री ओलीसंग छैन । उनको निकट मानिने ईश्वर पोखरेल र विष्णु पौडेलको हैसियत पार्टी र देशकै नेतृत्व लिन सक्ने नभएको र बामदेव गौतम प्रचण्डको कार्ड रहेकाले ओलीको लागि नेपालको विकल्प छैन । उनले आज पनि नेपालसंग निर्णायक वार्तामा रहेको बुझिन्छ ।

लकडाउन नभएको भए कांग्रेस जसपा सहितको विपक्षी दलले आन्दोलनको आगो बालिसकेको हुन्थ्यो भन्दै केहि जानकारले लकडाउन नसकुन्जेल नै गतिरोध अन्त्य गर्नुको विकल्प प्रधानमन्त्री ओली समक्ष छैन । देशमा लकडाउन चलिरहँदा नेपाली राजनितीमा समेत लकडाउनको प्रभाव परेकै हो । घर घरमा बसेर विश्राम गर्ने वेलामा उब्जने विभिन्न मनोवृतीहरुको उपज नै मान्नु पर्छ महामारीको संकटकोे वेला पनि नेपालको राजनितिमा उथल पुथलको सम्भावना बढदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 hour ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

2 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

3 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

4 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy