एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : जनमत पार्टीको धनुषा जिल्लाा ईन्चार्जमा सुरेन्द्र मण्डल चयन भएका छन् । पार्टी अध्यक्ष डा. सिके राउतद्वारा जारी विज्ञप्तीमा मधेशका छ जिल्लाको ईन्चार्ज र संयोजक तोकिएको छ । त्यसैगरि सिरहाको ईन्चार्जमा बिनोद यादव, महोतरी ईन्चार्जमा सौरभ साह, सर्लाही ईन्चार्जमा श्रीचन राय यादव र रौतहटको जिल्ला ईन्चार्जमा बृजकिशोर यादव चयन भएका छन् ।
पर्सा जिल्लामा भने ईन्चार्ज, संयोजक र सहसंयोजक पनि तोकिएको छ । जिल्लाको ईन्चार्जमा माधव प्रसाद सिंह चयन भएका छन भने संयोजकमा ओम प्रकाश सर्राफ चयन भएका छन् । सरार्फ गत साता मात्र जनमतमा प्रवेश गरेका हुन । पर्साको सहसंयोजकमा मुकेश द्विवेदी चयन भएको विज्ञप्तीमा उल्लेख छ ।