एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : जसपाका अध्यक्ष उपेन्द्र यादवले आफु बारा २ मा चुनाव लडने कुरा आफनै मुखले स्वीकार नगरेपनि उनको चुनावी प्रचार प्रसारले तिव्रता पाइसकेको छ । उनको मधेशका हरेक जिल्लाका नेता कार्यक्रताहरु चुनावी प्रचार प्रसारका पर्चा पम्पलेट बनाएर समाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।
जनकपुरधामका युवा नेता नविन यादवले यादवका लागि मतदान गर्ने चुनावी पम्पलेट पोष्ट गर्दै लेखेका छन, ‘मधेशी जनताको मान, सम्मान, स्वभिमान र अधिकारको रक्षाको निम्ति मिशन बारा सफल पारौं ।’ बारा २ को उपनिर्वाचनलाई मिशन बनाएको जसपाका हरेक तह तप्काका नेताहरु बारा जिल्लामा पुग्न थालेका छन् ।
कलैया बजारका चिया पसलहरु भरिभराउ देखिन थालेका छन भने उपनिर्वाचनको गणित चर्चा पाइसकेको छ । यद्यपि यादवले स्वयम आफैले भने अहिले सम्म आफु चुनाव लडने भन्ने विषय बोलिसकेका छैनन ।