एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : नेपाली कांग्रेस महोत्तरीले संगठन सुदृढीकरण अभियान तथा जनताका लागि पदयात्रा कार्यक्रम प्रारम्भ गरेको छ । जिल्ला अध्यक्ष नागेश्वर यादवको अध्यक्षता तथा कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको विशेष उपस्थितिमा प्रारम्भ भएको पदयात्रा जिल्लाको गाँउ टोल हुदै सदरमुकाम जलेश्वर पुगेर चैत २५ गते समापन हुनेछ ।
शनिवार विहान महोतरीको खयरमारामा पार्टीका सहमहामन्त्री यादवले पदयात्राको समुदघाटन गरेका छन् । करिव ३ सय नेता कार्यक्रताहरुको सहभागिता रहेको पदयात्रा पालिकाहरु, संसदिय र प्रदेशका क्षेत्रहरुमा पनि पुग्ने छ । जनताहरुसंग भेटघाट, जिल्ला दर्शन, जनजागरणका साथै पार्टीको सुदृढीकरण र शुद्विकरणका लागि पदयात्रा गरिएको जिल्ला सभापती यादवले एसपीखवरलाई बताए ।
पदयात्रा शुभारम्भ कार्यक्रममा धनुषाका प्रदेश सभा सदस्य कुमरकान्त झा, शेष नारायण यादव, मेयर शैलेन्द्र यादव, बजरंग यादव लगायत भातृसंगठनका युवा अगुवाहरु र नेता कार्यक्रताहको पनि उपस्थिति रहेको थियो ।