एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : लायन्स क्लव ईन्टरनेशनलको पहिलो एनुअल डिस्ट्रिक्ट कन्भेन्सन जनकपुरधाममा जारी छ । शुक्रवार नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले समुदघाटन गरेको कन्भेन्समा देशै भरिका कुल ५ सय लायन्सहरुको उपस्थिती जनकपुरधाममा रहेको छ ।
शुक्रवार कन्भेन्सनको समुदघाटन गर्दै प्रथम राष्ट्रपति डा. यादवले लोकतान्त्रिक गणतन्त्र बचाउन सबै युवाहरु एक हुनुपर्ने बताए । देशमा राजनिति चिन्ता र चिन्तन हुनुपर्ने भन्दै उनले लोकतन्त्रको सहि कार्यान्वयन हुन नसके देश आत्मनिर्भर हुन नसक्ने उनले बताए । कार्यक्रममा प्रतिनिधीसभा सदस्य जुली महतोले तिन तहको सरकारको परिकल्पना सार्थक बनाउन राजनितिक दल लाग्नु पर्ने बताइन् ।
शनिवार प्रभातफेरीमा भब्यता
शनिवार विहान लायन्सकर्मीहरुले जनकपुरधाममा भब्य प्रभात फेरी गरि संस्थाको गरिमा प्रदर्शन गरेका छन् । आ–आफनो भेषभुषा, कला संस्कृती झल्किने पोशाकमा समेत देखिएका उनीहरुको प्रभात फेरीमा नेपाली सेना समेत बाजागाजाका साथ सहभागि भएका छन् । जानकी मन्दिरमा दर्शन र पुजापाठ गरेका उनीहरु त्यसपछि जनकपुरधामको विभिन्न भागको परिक्रमा गरेका छन् ।