एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : जनकपुरधामको प्रादेशिक अस्पतालका निर्देशक डाक्टर प्रमोद यादवलाई मन्त्रालयमा तानिएको छ । मेसु यादवलाई प्रादेशिक अस्पतालको जिम्मेवारीबाट मुक्त गर्दै सामाजिक विकास मन्त्रालयले फिर्ता बोलाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिताराम अग्रहरीले जानकारी दिनुभयो ।
केही दिन अघि मुख्यमन्त्री सरोजकुमार यादवले अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको थियो । त्यसक्रम निर्देशक लगायतका केही चिकित्सकहरू उपस्थित नरहेको र अस्पताल व्यवस्थापनमा कमजोरी भेटिएपछि निर्देशक यादवलाई हटाउने तयारी गरिएको थियो ।