एसपी रिपोर्टर
काठमाण्डौं, चैत ९ : जसपाका अध्यक्ष उपेन्द्र यादवले आफु उपप्रधानमन्त्री सहित मन्त्री बन्न लागेको कुरा गलत रहेको बताएका छन् । उनले आफु मन्त्री परिषदमा नजाने र मन्त्रालय भागबण्डामा अड्डी नकस्ने समेत बताएका छन् । एक टेलिभिजनको अन्तरवार्तामा यादवले बारा २ मा पनि चुनाव लडने मनस्थितीमा पुगिनसकेको बताउदै पाँच वर्ष पार्टी र संगठनका लागि काम गर्ने बताएका छन् ।
उनले जसपा भन्दा पनि बारा २ मा गठबन्धनका उम्मेदवार हुने गठबन्धनले निर्णय गरेकै उम्मेदवार त्यहाँ चुनाव लडने भने बताए । त्यो उम्मेदवार तपाई हो ? भन्ने प्रश्नमा उनले जो कोहि पनि हुन सक्ने बताएका छन् । उपप्रधान सहित राम्रा एक मन्त्रालयमा समेत तपाईको प्रधानमन्त्री संग सहमती भइसकेको भन्ने छ त ? प्रश्नमा उनले भने, ‘फर योर काइन्ड ईफरमेशन म सरकारमा जान्न ढुक्क हुनुस ।’