एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : धनुषाको शहिदनगरमा एकजना सुकुम्वासीको घर बन्ने भएको छ । बन्न लागेको घरको भुमि पुजनमा विशिष्ठ व्यक्तित्वहरुको सहभागिता भएपछि ति सुकुम्वासीको मुहारमा खुसी छाएको छ । उनी हुन शहिदनगर नगरपालिका वार्ड नं ५ पचहर्वा स्थिति नमुना मुसहर वस्तीका शत्रुधन मुसहर ।
प्लास्टिकले छोपेको सानो छाप्रो घरमा २ सन्तान र पत्नी सहित कष्टकर जीवन विताई रहेका शत्रुधन मुसहरको घर बन्ने कार्य थालिएपछि स्थानीय सामुदाय समेत हर्षित भएका छन । जनता समाजवादी पार्टी नेपालका नेता प्रदेश सांसद रामअशिष यादव, मधेस प्रदेश का मुख्य न्यायधिवक्ता विरेन्द्र ठाकुर, समाजसेवी पुर्व शिक्षक पुरुषोत्तम कर्माचार्य, युवा नेता शितल साह र स्थानीयवासीको सहयोगमा घरवारविहीन रहेका सुकुम्बासी शत्रुधन माझी मुसहरको घरको निर्माण कार्य शुभारम्भ गरिएको छ ।

समाजसेवी नेता प्रदेश सांसद यादवको विशेष उपस्थितिमा शत्रुधन माझीले भुमिपुजन गरि उनको घर निर्माण कार्य शुभारम्भ गरिएको स्थानीय समाजिक अगुवा राम दयाल मुसहरले जानकारी दिएका छन । प्रदेश सांसद यादवको सार्थक प्रयास बाट समाज रुपान्तरणका लागि पचहर्वा गाँउको नमुना मुसहर वस्तीमा ईजोत नि:शुल्क ट्युसन सेन्टर पनि संचालन गरिएको छ ।