FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
मधेश प्रदेशको पहिलो सरकार बेटी पढाउ बेटी बचाउ अभियान चलायो र प्रदेशमा सामुदायिक विद्यालयकी छात्राहरुलाई साइकल वितरण गर्न थाल्यो । आकर्षक नामका कारण अभियानले चर्चा कमाएपनि अभियानका लागि साइकल किन्ने प्रक्रियामा अख्तियारले छापा मारेपछि भ्रष्टाचारको गन्धका कारण अभियान माथी नै प्रश्न उठयो । अहिले पुन: मधेश सरकारले छ करोडको झोला र औजारबक्स बाँडिरहेको छ ।

संघियता पछिको पहिलो मधेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानलाई देशभरिकै महिलाले मात्र होइन हरेक नागरिकले प्रारम्भमा प्रशंसा गरयो । घरको काम, मजदुरी, बाल विवाह र विभिन्न बाध्यतात्मक परिस्थिती र परिधीका कारण शिक्षाबाट बञ्चित मधेशकी चेलीहरुलाई विद्यालय प्रति आकर्षण गर्न सो अभियान अन्तर्गत धमाधम साइकल वितरण सम्म पनि अभियानले प्रशंसा पाएकै हो । तर जव साइकल किन्ने प्रक्रियामा भ्रष्टाचारको गन्ध छायो र अख्तियारले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापामारी गरयो अभियानलाई बदनामी भएकै हो ।

हाल मधेश सरकारले फेरी कक्षा ९ का छात्र र छात्रा दुवैका लागि भन्दै एउटा ब्याग र गणित विषयमा काम लाग्ने एक औजार बक्स बितरण गरिरहेको छ । चैत ८ गते सम्म आईएमईएसमा दर्ता भएका मधेशका कुल ८६ हजार ५ सय २३ विद्यार्थीलाई मधेश सरकारले यो समान वितरण गरिरहेको छ । एक विद्यार्थीमा कर वाहेक ५ सय ८८ रुपैया खर्च गरिरहेको सरकार यो समाग्री वितरणमा कुल छ करोड खर्च गर्दैछ ।

मधेश सरकारका वर्तमान शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले यसअघिको सरकारले आरम्भ गरेको बेटी पढाउ बेटी बचाउ अभियान गलत नभएको बताउदै त्यसमा भएको गलत काम मात्र गलत भएको बताए । उनले अहिले वितरण भइरहेको झोला सहितका समाग्रीले समेत सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित हुने दावी गरे । ब्याग घर घरमा पुगेपछि मधेश प्रदेशको नामको पनि प्रचार प्रसार हुने दावी सरकारको छ ।

विद्यालयका प्रधानाध्यापकहरु पनि शैक्षिक समाग्री वितरणले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढने भन्दै खुसी व्यक्त गर्छन । अहिले प्रधानाध्यापकहरुको जिम्मा लगाइने गरेको यो समाग्री विद्यालयले विद्यार्थीहरुलाई वितरण गर्नेछ । गत फागुन २८ गतेबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ ।

निर्देशक फुयालका अनुसार सप्तरीका ८६ विद्यालयमा ९ हजार ९८१ वटा, सिरहाका ८७ विद्यालयमा १० हजार ८००, धनुषाका ९४ विद्यालयमा ११ हजार ९८३, महोत्तरीका ९७ विद्यालयमा ११ हजार ७६ वटा र सर्लाहीका ९७ विद्यालयका १२ हजार ३८९ वटा झोला वितरण गरिएको छ भने रौतहट, बारा र पर्सामा पनि चैतको दोस्रो साता भित्रै वितरण गरिने छ ।

झोला र औजार बक्स सहित करिव छ सय को समान पाउने लोभले विद्यार्थी आकर्षित हुने कुरा एक हिसावले सहिनै हो तर ति झोला ९ कक्षाका विद्यार्थी जस्ले करिव १० वटा किताव र थप कापीहरुको भारी बोक्नु पर्दछ उस्का लागि उपयुक्त हो त ? के साचिकै ति ब्याग होलसेलमा पाँच सय रुपैयामा उपलब्ध हुने गुणस्तरको हो त ? भन्ने कुराको पुष्टी प्रयोगमा आएपछि मात्र हुनेछ ।

Tags: मधेश सरकारको छ करोडको झोला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy