एसपी रिपोर्टर
सप्तरी, चैत ८ : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सप्तरीको राजविराज स्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन खारेज गरि पुन: गर्नुपर्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आफुले पनि बुझेको भन्दै उनले चुनाव स्विकारयोग्य नरहेको बताएका छन् ।
सप्तरीको कंचनरूप नगरपालिकामा आयोजित मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै निधिले यस्तो बताएका हुन । ३ बजेसम्म निर्वाचन राम्रै भएपनी त्यसपछि धाँधली भएको भन्दै उनले यो क्याम्पसको निर्वाचन खारेज हुनुपर्छ भन्ने कुरा माथी पुर्याइसकेको बताए ।

सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना आज सम्म पनि शुरु हुन सकेको छैन् । धाँधलीपूर्ण निर्वाचन भएको भन्दै मंगलबार देखि पाँच वटा विद्यार्थी संगठनले निर्वाचन खारेजीको माग गर्दै क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरि रहेका छन् ।
यता तीन दलीय गठबन्धनले मतगणना हुनुपर्ने माग राख्दै आएको छ । अहिले क्याम्पस प्राङ्गण र क्याम्पसको गेट अगाडि विद्यार्थी संगठनहरुले प्रदर्शन गरि रहेका छन् । एता महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचन मतगणना गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित सुरक्षा निकायका प्रमुख नरेन्द्र कार्की, क्याम्पस प्रमुख राजिव मिश्र, निर्वाचन अधिकृत, प्राधयापकहरू सहित बिभिन्न बिधार्थी संगठनको सर्बदलिय बैठक जारी रहेको छ ।

बैठकमा नेविसंघ, अनेरास्ववियु, जनमतको असन्तुष्टि पुन: निर्वाचन हुनुपर्ने कुरा राखेको छ, भने समाजवादी बिधार्थी युनियन/अखिल/लोकतान्त्रिक बिधार्थी सँघले मतगणना गर्नुपर्ने तर्क राखेको छ ।