FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ :
देशले दुईजना प्रतिनिधीसभा सदस्यहरुलाई राष्ट्रपति र उपराष्ट्रपतिको रुपमा पाइसकेपछि अव खालि भएका ति दुई क्षेत्रमा चुनावी चर्चा चुलिएको छ । त्यसमा पनि उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहाय प्रसाद यादव चुनाव जितेको बारा–२ मा चुनावको चर्चा झनै तातिएको छ ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग चुनाव हारेका जसपा अध्यक्ष उपेन्द्र यादव आफु सांसद बन्नकै लागि रामसहाय जस्ता राम्रो छवि भएका नेतालाई उपराष्ट्रपतिमा सिमित गरिदिएको चर्चाका बिच अव सो क्षेत्रमा चुनावी सरगर्मी बढदै गएको छ ।

के छ, बारा २ मा सम्भावनाको खेल ?

राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला नै हुनुपर्ने दबाब र निर्वाचन आयोगको घोषणाका बाबजुद पनि जसपाले गठबन्धनमा चट्टानी अडान राखेर उपराष्ट्रपतिमा राम सहाय प्रसाद यादवलाई उम्मेदवार बनायो र उपराष्ट्रपतिमा जितायो पनि । जसपाको यो अडान भित्र अध्यक्ष उपेन्द्र यादवको व्यक्तिगत सांसद बन्ने स्वार्थ लुकेको चर्चा भएकै हो । तर जसपा अध्यक्ष यादवलाई भने अगामि निर्वाचन सजिलो हुने सम्भावना कम नरहेको विश्लेषण सुरु भइसकेको छ ।

उपराष्ट्रपतिको नतिजा आएकै दिन शुक्रवार रास्वपा, जनमत, लोसपा, नागरिक उन्मुक्ती पार्टी, नेपाल समाजवादी पार्टी र आम आदमी पार्टी सहितको सात दलिय गठबन्धनको अचानक घोषणा हुनुपनि बारा २ को चुनाव संग सम्बन्धित रहेको बताइन्छ । उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सहयोग नगरेर जनमतले उपनिर्वाचनमा जसपालाई साथ नदिने संकेत गरिसकेको छ । सो सात दलिय गठबन्धनले आफनै उम्मेदवार उठाउने तयारी भइरहेको एक नेताले भने ।

राजेन्द्र महतोको हल्ला के हो ?

नयाँ सात दलिय गठबन्धनबाट सम्भावित उम्मेदवार को हो हुन सक्छ ? एसपी खवरले गठबन्धनका एक नेतालाई गरेको प्रश्नमा परिस्थिती देखेर मात्र केहि भन्न सक्ने बताए । यद्यपि उनले कांग्रेस र माओवादीको सहयोगमा जसपा अध्यक्ष यादव उम्मेदवार बने सात दलिय गठबन्धनबाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपयुक्त पात्र हुन सक्ने बताए । संसदमा मधेशका लागि दुवैजना उतिकै महत्वपुर्ण भएकाले त्यो सम्भावना पनि नकार्न नसकिने उनको तर्क छ यद्यपि कांग्रेस र माओवादीको व्यवहारमा भर पर्ने उनले बताए ।

माओवादी ३ सय ५४ मतले मात्र पराजित भएको सो क्षेत्रमा माओवादी यदि जसपालाई समर्थन गर्छ भन्ने हाम्रो गठबन्धन पनि उपयुक्त पात्र ल्याउँछ नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘ त्यसपछि हामि यस्ता उम्मेदवार ल्याउँछौं जसलाई एमाले र कांग्रेसको पनि मत पर्न सक्ने सम्भावना हुन्छ ।’ त्यो पात्र राजेन्द्र महतो हो ? भन्ने प्रश्नमा उनले हेरौं भन्ने जवाफ दिए ।

त्यतिवेला जसपाकै रामकिशोर प्रसाद यादव, नेपाली कांग्रेसका रविन्द्रप्रसाद यादव र अरुण ज्ञवाली बागी उम्मेदवार बनेका थिए । रामकिशोरले ११ हजार ४३, रविन्द्रले १० हजार ७५० र अरुणले सात हजार ६९८ मत पाएका थिए । जनमत पार्टीबाट उठेका राजेश साहले दुई हजार ७२५ मत पाएका थिए ।

कांग्रेसका दुई जना बागी उम्मेदवार बन्दा माओवादीका शिवचन्द्रलाई घाटा लागेको थियो भने रामसहायप्रसाद थोरै मतान्तरले निर्वाचित भएका थिए । अहिले पनि कांग्रेस र माओवादीका नेताहरु पनि आफै चुनाव भिड्ने तयारीमा छन् । यदि कांग्रेस र माओवादी सत्ता र सरकारकै लागि आत्मसम्पर्ण गरि जसपालाई उम्मेदवार बनायो भने हाम्रो नयाँ गठबन्धनले एमालेलाई पनि मान्य हुने उम्मेदवार ल्याउने र त्यसमा महतो नाम चर्चामा रहेको नेताहरु स्वीकार गरेका छन् ।

Tags: उपेन्द्र विरुद्व राजेन्द्र ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy