एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : मधेशका मुख्यमन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका मेयरले राष्ट्रिय खेलकुद परिषद पुगेर जनकपुरधाममा अन्तराष्ट्रि स्तरको रंगशाला निर्माणको पहलकदमी लिएका छन् । विहिवार राखेपका सदस्य सचिव टंकलाल घिसिङ्गसंग भेटेर मुख्यमन्त्री सरोज कुमार यादव र जनकपुरधामका मेयर मनोज कुमार साहले जनकपुरधामको महत्वकांक्षी आयोजना धनुष आकारको श्री रामजानकी बहुद्देश्य अन्राष्ट्रिय खेलमैदान निर्माणलाई तिव्रता दिने सम्बन्धमा चासो राखेका छन् ।
के कति कारणले मधेशको राजधानी जनकपुरधामको रंगशाला निर्माणमा बिलम्व भएको हो भन्ने विषयमा बुझदै मुख्यमन्त्री यादव र मेयर साहले रंगशाला निर्माण कसरी द्रुत गतिमा अगाडि बढाउने विषयमा छलफल गरेका छन् । मुख्यमन्त्री यादवले २०८३ सालमा हुने ११ औं राष्ट्रिय खेलकुदको आयोजना मधेश प्रदेशमै गर्न प्रस्ताव समेत गर्दै सम्भावना र त्यसका लागि भौतीक पुर्वाधार के कति आवयश्क पर्छ तिनै तहको सरकार मिलेर गर्नुपर्नेमा समेत सुझाव मागेका थिए ।
मेयर साहले सो आयोजनाका लागि समेत मधेशको राजधानी जनकपुरधामको सो रंगशाला निर्माण अति आवश्यक हुने भन्दै मिलेर अगाठि बढन प्रदेश र संघ सरकारका राखेपलाई आग्रह गरेका छन् । गर्न सके जे पनि सम्भव छ मेयर साहले भने, ‘२०८३ सम्म धेरै गर्न सकिन्छ, तिनै सरकार मिलौं सम्भव छ भन्नेमा छलफल भएको छ ।’
साथै सो अवसरमा मधेशको खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा मधेशको आठवटै जिल्लाका राखेपको प्रतिनिधी सदस्य, आठवटै जिल्लाका मुख्य शहर पालिकाहरुको प्रतिनिधीहरु समेत सदस्य रहने गरि अध्यन्नका लागि कार्यदल नै गठन भएको मेयर साहले बताए । कार्यदलले आठवटै जिल्लामा रहेको राखेपको चल अचल सम्पतीहरुको पता लगाउने देखि रंगशाला निमार्ण र ११ औं राष्ट्रिय खेलकुदको आयोजना मधेशमा गर्न सकिने सम्भाव्यताको विषयमा अध्यन्न गर्ने छ ।