FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सामुदायिक विद्यालयको बेथिती :  शिक्षकहरु गफिएका हुन्छन, विद्यार्थी कक्षा कोठामै खेली रहन्छन

सामुदायिक विद्यालयको बेथिती :  शिक्षकहरु गफिएका हुन्छन, विद्यार्थी कक्षा कोठामै खेली रहन्छन

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ :

मधेस प्रदेशका एकाधबाहेक अधिकांश सामुदायिक विद्यालयहरुको बेथिती कसैबाट लुकेको छैन । पर्याप्त दक्ष जनशक्ति हुँदाहुँदै समेत कतिपय सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी हुन नसकेको व्यापक जनगुनासो छ । कतिपय विद्यालयमा शिक्षक अभावले विद्यार्थीले पढ्न पाएका छैनन् भने कतिपय विद्यालयमा शिक्षक पर्याप्त छन् । तर, पढाइ हुँदैन् ।
विद्यालय भनेपछि त्यहाँ पढ्ने विद्यार्थी र पढाउने शिक्षक छन् भन्ने बुझिन्छ । तर, धनुषाका यस्ता पनि सामुदायिक विद्यालयहरु छन् जहाँ शिक्षक अफिसमा बसेर आपसमा गफ गर्छन् भने विद्यार्थीहरु कक्षामा शिक्षक बस्ने कुर्सीमै बसेर मनोरञ्जन गर्छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–२ सिनुरजोडास्थित जनजाती राष्ट्रिय प्राथमिक विद्यालयको रजिष्टरमा २४० जना विद्यार्थीहरु अध्ययन गरिरहेको देखिएपनि त्यहाँ दैनिक ५० जना विद्यार्थी पनि उपस्थित हुँदैनन् । यस विद्यालयमा प्रधानाध्यापकलगायत ५ जना शिक्षक कार्यरत छन् ।
विद्यालयको रजिष्टरमा २४० जना विद्यार्थी अध्यनरत रहेको तथ्यांक रहेपनि विद्यार्थीको हाजिरी रजिष्टर देख्दा दैनिक ५० भन्दा बढि विद्यार्थीको उपस्थिती देखिदैन ।
बुधबार दिउँसो करिब १ बजे विद्यालयमा पुग्दा शिक्षकहरु अफिसमा बसेर आपसमा गफ गरिरहँदा विद्यार्थीहरु भने कक्षाकोठामा शिक्षक बस्ने कुर्सीमै बसेर खेलिरहेका थिए । यस विषयमा विद्यालयका प्रधानाध्यापक उपेन्द्र यादवसँग तपाईंको विद्यालयको यस्तो अवस्था किन छ भनेर सोध्दा उनले विद्यार्थी संख्या न्यून रहेकोले शिक्षकलाई पनि पढाउन अप्ठ्यारो भइरहेको सुनाए ।
विद्यालयको शिक्षकको नामाबलीमा प्रधानाध्यापक उपेन्द्र यादव, राहतका शिक्षकहरु देवसुन्दर यादव, रिना पाण्डे र सुनिल यादव तथा बालविकासमा किरण यादवको नाम उल्लेख थियो ।
विद्यालयमा विद्यार्थी आउँछन् कि आउँदैनन् भन्ने जिज्ञासामा प्रधानाध्यापक यादवले भने, ‘विद्यार्थी नै आउँदैनन् । मैले पटक पटक व्यवस्थापन समिति र अभिभावकहरुलाई भेटेर गुनासो गरे । तर कसैले वास्ता गरेनन् । सहयोग पनि गरेनन् ।’
वडा नम्बर–२ सिनुरजोडा दलित बस्ती भएकोले यस विद्यालयमा विद्यार्थीहरु आउन नमानिरहेको उनको दुःखेसो छ ।
यता, पढाई नहुँदा आफ्नो विद्यार्थीलाई बाध्यताले अर्को विद्यालयमा पठाउनु परेको स्थानीयको भनाइ छ । स्थानीयबासी भने शिक्षक र राजनीतिकर्मीमाथि आक्रोशित छन् । विद्यालयमा राजनीति बढी हुन थालेपछि स्थानीयले आ–आफ्ना बालबालिकालाई अर्कै विद्यालयमा पठाउन थालेको बताउँछन् ।
‘शिक्षकलाई राजनीति गर्नबाट फुर्सद छैन, पढाउँदैनन् । कसले आफ्नो छोराछोरी र बालबालिकाको भविष्य बिगार्छन् ? त्यसैले हामी बालबालिकालाई अर्को विद्यालयमा पठाउँछौं,’ स्थानीय रामस्नेही यादवले अक्रोस पोख्दै भने ।
यस विद्यालयलाई हेरबिचार गर्ने सम्बन्धीत निकाय कोहि नहुँदा शिक्षकहरुको बसीबसी तलब खाने थलो बनाएको उनको गुनासो छ । विद्यालय अहिले स्थानीय जनप्रतिनिधिको निगरानीमा छ । तर, त्यस वडाका वडाध्यक्ष लालजी साह स्वयं विवादित छन् ।
वडा कार्यालयसँगै रहेको यस विद्यालयमाथि वडाध्यक्षको कुनै ध्यान नै नपुग्ने गरेको स्थानीय रामस्नेहीले बताए । उनले वडाध्यक्ष साहले विद्यालय मात्र नभई वडाका अधिकांश कामहरुमाथि कुनै ध्यान नपुर्याएको गुनासो गरे ।
विद्यालयमा विद्यालयको नाम लेखेको बोर्ड पनि छैन । झट्ट हेर्दा जो पनि विद्यालयनै हो र भनेर झुक्किन्छन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ ।
‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर, विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’ प्रधानाध्यापक यादवले भने ।
यता, विद्यार्थीहरूले भने विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको एक विद्यार्थीले बताए । उनी भन्छन्, ‘कहिलेकाँही त विद्यालयमा हामी मात्रै आउँछौं ।’
शिक्षामा सबैको पहुँच र सबैलाई साक्षर बनाउने उद्देश्यसहित शिक्षा नीति अगाडि सारिए पनि त्यो सफल भने हुन सकेको छैन् । अधिकांश विपन्न वर्गका छोराछोरी पढ्ने सरकारी विद्यालयको विद्यार्थी भर्ना संख्या ह्वात्तै घटेपछि यस्तो अवस्था देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy