FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चुनाव र राजनितिले तरंगित राराब, शैक्षिक उन्नती ठप्प हुँदा राजनितिको रापताप बढ्दो

चुनाव र राजनितिले तरंगित राराब, शैक्षिक उन्नती ठप्प हुँदा राजनितिको रापताप बढ्दो

एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २८ :
एक समय थियो जनकपुरधाम स्थित त्रिभुवन विश्वविद्यालयको आंगिक रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा आइएसी उर्तिण विद्यार्थी एमबिबिएसमा छात्रवृती नभए पुलचौकमा ईन्जिनियरिङ्गमा नाम निकालेकै हुन्थे । त्यो पनि नभए गणित र विज्ञानको शिक्षक त हुन्थ्यो नै । तर अचेल त्यस क्याम्पसमा अहिले शिक्षा आर्जनका लागि होइन राजनिति र उम्मेदवारीका लागि मात्र विद्यार्थीको भिड लाग्दछ ।

माथी प्रस्तुत तस्वीरमा देखाइएको फरक दुई दृश्य एक दिनको अन्तरालमा जनकपुरधामको राराब क्याम्पसमा खिचिएको दृश्य हो । एउटामा शनिवार स्ववियु निर्वाचनका लागि मनोनयनका क्रममा बुधवार क्याम्पसमा देखिएको तछाडमछाडको हो भने अर्को दृश्य आइतवार विहान सोहि क्याम्पसको एक कक्षाकोठामा पढाई भइरहेको बेलाको हो । यि दुई दृश्यले नहि थाहा हुन्छ राराबमा पढने विद्यार्थीको रोजाई र उत्साह पढाईमा छ कि राजनितिमा ।

आइतवार करिव ९ देखि १० बजे सम्मे क्याम्पसमा उपस्थित विद्यार्थीहरु अधिकांश बाहिर नै थिए र राजनितिकै कुरा भइरहेको थियो । बाणिज्य संकायका केहि विद्यार्थीहरु भने कक्षामा पढिरहेको देखियो । स्ववियुमा नेतृत्वका लागि उम्मेदवार बनेका विद्यार्थी अगुवाहरु बाहिरै विद्यार्थीहरुलाई जम्मा गरेर मतदानका लागि सम्झाई रहेका थिए । शैक्षिक गतिविधी र अतिरिक्त क्रियाकलाप सुनसान हुने क्याम्पसमा निर्वाचनले भने केहि प्रभाव पारेको र चहल पहल बढेको छ । क्याम्पस प्रमुख प्रदिप कुमार प्रसादले राजनितिले व्यक्ति, परिवार, समाज कसैलाई पनि नछोडेकाले युवा विद्यार्थीहरुको जमात रहने क्याम्पसमा प्रभाव पार्नु स्वभाविक रहेको बताए ।

२०१४ सालमा स्थापित करिव सात दशक पुरानो क्याम्पसको दुरावस्था सरकार र त्रिभुवन विश्वविद्यालयकै कारण भएको क्याम्पस प्रमुख प्रदिप कुमार प्रसादको आरोप छ । कुनै समय थियो बिबिएस यस क्याम्पस बाहेक कतै थिएन आज टियुकै सम्बन्धनमा धेरै निजी क्याम्पसमा बिबिएस छ अनि यस्तो हालत हुदैन ? उनको प्रश्न छ । उनले छुट्टै निर्वाचन आयोग गठन गरेर निर्वाध, स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि आफु प्रतिवद्व र सहयोगी रहेको बताए ।

राज्यको गलत नितीकै कारण सरकारी क्याम्पसको अवस्था दयनिय रहेको बताउदै उनले अझै केहि नबिग्रेको बताउछन् । विद्यार्थी नेताहरु भने डेढ दशक सम्म स्ववियु नेतृत्व विहिन बनेकाले क्याम्पस प्रशासन मनमौजी गरेकाले क्याम्पसहरुको अवस्था यस्तो हुन गएको आरोप लगाइरहेका छन् । स्ववियु सभापतीमा उम्मेदवार बनेका नेविसंघका मनिष कुमार यादव, जविसंघका मो. ईजाज मोमिनको एउटै स्वर छ ।

स्ववियु निर्वाचनमा सभापतीका दलिय उम्मेदवारहरु क्याम्पसको दुरावस्थाको कारक प्रध्यापक, शिक्षक र लापरवाह क्याम्पस प्रशासनलाई बताउदै त्यसैलाई केन्द्रित गरि चुनावी एजेन्डा बनाएका छन् । लोविसंघका उम्मेदवार प्रशान्त कुमार झा, समाजवादी विद्यार्थी संघका उम्मेदवार गौतम यादव चोरबार सहितकाले स्ववियुले नेतृत्व पाएपछि सबै सुधार हुने दावी गर्छन ।

जनकपुरधामका समाजसेवी दाताहरु रामस्वरुप साह र रामसागर साह तथा उनका परिवारले आफनो निजी करिव ६९ विघघा जग्गा दान गरि स्थापना गरिदिएको सो क्याम्पसले जनकपुरधाम र धनुषालाई मात्र नभई नेपालकै दजर्नौ जिल्लालाई शाक्षर बनाउने काम गरेपनि जिर्नोदार र संरक्षणको अभावमा दयनिय अवस्थामा पुगेको छ । भवनहरु जिर्ण छ भने भएका संरचनाको संरक्षण र सरसफाई तथा शौन्दर्यकरणको अभावले क्याम्पसको हालबेहाल छ ।

Tags: चुनाव र राजनितिले तरंगित राराब

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy