एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिकालागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट मनिषकुमार यादव, ५ दलिय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी संगठनहरु रहेका छन् ।
त्यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । रारावको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् ।