एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १३ : प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सांसद अपहरणमा संलग्न पुर्व आइजिपी, सांसदहरु तथा महोतरीको एसपी र डिएसपीलाई समेत कारवाही हुनुपर्ने बताएका छन् । एसपी खवरसंग कुराकानी गर्दै प्रदेश २ का गृहमन्त्री समेत रहेका मन्त्री यादवले सांसद डा.सुरेन्द्र यादवलाई अपहरण नै गरिएको भन्दै पुर्व आइजिपी सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा महोतरीका एसपी र डिएसपीलाई समेत कारवाही हुनुपर्ने बताएका छन् ।
बर्दिवासको गौतम होटल आफनै पैसाले बुक गरेर महोतरीको एसपी र डिएसपी सांसद जस्तो जननिवार्चित व्यक्तिको अपहरणमा सघाएको र प्रदेशका गृहमन्त्रीलाई नै झुठो बोलेर ढाँटने कुरा गरेकाले कारवाही हुनै पर्ने मन्त्री यादवको चेतावनी छ । मन्त्री यादवले अपहरणमा प्रधानमन्त्री स्वयंमको संलग्नता स्पष्ट भइसकेकाले नैतिकताको आधारमा राजिनामा मांग गरेका छन् । अस्वस्थ व्यक्तिलाई प्रधानमन्त्री बनाएर यस्ता निन्दनिय काम गर्नेमा नेकपा सम्पुर्ण पार्टीको पनि दोष रहेको भन्दै उनले नेकपाको पनि ध्यानाकर्षण गराएका छन् । अहिले प्रदेश सरकारको मातहतमा एउटा हवलदार पनि छैन मन्त्री यादवले भने, ‘ म कारवाही गर्न सक्दिन र संघिय सरकारले कारवाही गर्दैन ।’