एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : १५ दिवसीय मध्यमा तथा अन्तरगृह परिक्रमाका क्रममा तिर्थालुहरुका लागि महत्वपुर्ण मानिने जनकपुरधामको पिडारीचौक स्थित गोरधोहिन पोखरीको वृहत सरसफाई गरिएको छ । भोली मंगलवार हुने परिक्रमाका साथै अन्तरगृह परिक्रमामा सहभागि हुने तिर्थालुहरु परिक्रमा सम्पन्न गरिसकेपछि सोहि पोखरीमा खुट्टा धोएर घर जाने गर्दछन् । सो पोखरीमा भगवान रामजानकीले समेत परिक्रमा सम्पन्न गरेपछि खुट्टा धोएको जनबिश्वास छ ।
१५ दिन सम्म नाङ्गो खुट्टा गरिएको निरन्तरको परिक्रमा समापन गर्दा सो पोखरीमा खुट्टा धोएपछि खुट्टामा शितलता हुने र कुनै पिडा नहुने विश्वास गरिन्छ । धनुषाको प्रमुख जिल्ला अधिकारीले आस्थाको पोखरीलाई सरसफाई गरिएको जस्ले तिर्थालुहरुलाई सहज हुने बताएका छन् ।

सरसफाईमा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, सफाई अभियानी रुवी झा, नेतृ विभा ठाकुर सहितको उपस्थिती थियो ।