एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा होली मनाएको छ । पार्टीको जनकपुरधाम उपमहानगरपालिका कार्यसमितिले जनकपुरधामको पिडरियामाई स्थान स्थित पार्टी कार्यालयमा आयोजना गरेको होली शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेसका केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरुका साथै युवा नेताहरु समेत संगै होली खेलेका छन् ।

नगरकमिटिका कार्यवाहक सभापती राकेश विक्रम शाहको अगुवाईमा भएको कार्यक्रममा प्रदेश सांसद तथा पुर्व मन्त्री राम सरोज यादव, धनुषा सभापती योगेन्द्र पजियार, पुर्व जिल्ला सभापतीहरु, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, महिला नेतृहरु, प्रेस युनियन आवद्व पत्रकारहरु सहितकाले होली मनाएका छन् ।

कांग्रेस धनुषाका सभापती पजियारले असत्य माथी सत्यको जितको रुपमा होली मनाईने भएकाले पुराना सबै रिशराग, द्वेश विर्सेर राजनितिक भन्दा समाजिक हिसावले होली मनाउनु पर्ने बताएका छन् ।

