एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले जनकपुरधाममा होली मनाएको छ । पार्टीको क्षेत्र नं. ३ कमिटिले आयोजना गरेको होली शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीकी सचिव पुर्व मन्त्री रामकुमारी झाँक्रीले धनुषा र मधेशका नेताहरुसंग होली खेलेकी हुन ।
क्षेत्रका नेता दिपेन्द्र यादव दिपुको अगुवाईमा भएको कार्यक्रममा होली सम्बन्धी झाँकी, गित र नृत्यमा नेताहरु रमिएका थिए । कार्यक्रममा कांग्रेस महोतरीका सभापती नागेश्वर यादव, किशोरी जी डोलाका महन्थ नवलकिशोर शरण, नेताहरु, लाल गोइन, रामचन्द्र पण्डित, राजकुमार यादव सहितको उपस्थिती थियो ।
नेतृ झाँक्रीले मिथिलाको होली मनमोहन हुने गरेको बताउदै जनकपुरधाममा होली खेल्न पाउँदा खुसी लागेको बताईन ।