एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ : नेकपा एमालेका सचिव रघुविर महासेठले प्रचण्डलाई ‘गिरगिट’ भन्दै उनले एमाले भन्दा पनि आफैलाई धोका दिइरहेको बताएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको नगर कमिटि एमालेले आयोजना गरेको होली शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका महासेठले अगामि चैत ३ गते पछि देशको राजनितिले नयाँ मोड लिने र प्रचण्डलाई पछुताउनुको बिकल्प नहुने बताएका छन् ।
कार्यक्रममा एमाले नेतृ तथा प्रतिनिधीसभा सदस्य जुली महतोले देशी विदेशी चलखेल र घेराबन्दीमा एमालेलाई पारेर देशलाई पछाडि धकेल्ने प्रयास भइरहेको भन्दै सचेत रहन धनुषाबासीलाई आग्रह गरिन ।
सो अवसरमा नेकपा एमालेका नेता कार्यक्रताहरुले एक आपसमा अविर लगाएर होली समेत मनाएका छन् । कार्यक्रममा प्रदेश सांसद हरिनारायण महतो, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर, एमाले जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारी सहितका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।