एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारको भविष्य दुईवटा संघिय ऐनमा निर्भर रहेको बताएका छन् । जनकपुरधाममा मधेश सरकारको मधेश प्रज्ञा प्रतिष्ठान कार्यालयको शुभारम्भ गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संघिय निजामती ऐन र प्रहरी समायोजन ऐन गरि यिन दुईवटा ऐनहरु पारित गर्न नसक्ने संघियताको जगमा बनेको वर्तमान सरकार पनि फेल हुने बताएका छन् ।
संघियता र गणतन्त्रको विक्ल्प कुनै पनि नरहेको बताउदै उनले विहान ११ बजे प्रकाशका लागि दियो बाल्ने काम गर्न नहुने बताए । सातै प्रदेशमा मधेश प्रदेश मात्र पहिचानको आधारमा नामांकन भएको भन्दै अव पुर्व देखि पश्चिम सम्मको मधेशका लागि सर्घष हुने बताएका छन् ।
सम्पुर्ण मधेश एक स्वायत प्रदेशका लागि सर्वप्रथम ति भुभागलाई भाषा, संस्कृती र पहिचानबाट जोडनकै लागि मधेशमा प्रज्ञा प्रतिष्ठान कार्यालयको शुभारम्भ गरिएको बताए । नेपाल र नेपालीभाषा भन्दा शैयौं वर्ष पुरानो ईतिहाँस रहेपनि मिथिला र मैथिली संस्कृती लोप हुदै जानु दुर्भाग्यपुर्ण रहेको उनले बताए । बागमती, गण्डकी, अव एक नम्वरको नाम कोशी सुन्दैछु के त्यहाँको जनता नदीबाट उत्पती भएका हुन ? प्रश्न गर्दै उनले संघियताको जननी मधेशले पहिचान पाएको भन्दै अव विस्तारका लागि काम गरिने बताए ।
कार्यक्रममा मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले निर्वतमान मधेश सरकारले बनाएको आयोग र प्रतिष्ठानहरु कमाई खाने भाँडो मात्र सावित भइरहेको बताएका छन् । प्रतिष्ठान र आयोगहरु बने पनि काम गर्न नसकेको र तलव भत्ता मात्र पकाउने काम भइरहेको उनको तर्क छ ।
प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडिको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास मन्त्री सुरिता साह, अर्थ मन्त्री संजय कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साह, समाजिक विकास मन्त्रालका सचिव, मधेश सरकारका मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादव सहितको उपस्थिती थियो ।