एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कुनै पनि खतरा नरहेको बताएका छन् । जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै पुर्व उपसभापती समेत रहेका नेता निधीले प्रधानमन्त्री प्रचण्ड जुनसुकै वेला पनि आठ दलको समर्थन प्राप्त गर्न सक्ने स्थिती रहेको बताएका छन् ।
आम निर्वाचनमा जनताले दिएको जनादेश र चुनाव पछि सरकार बनाउन बनेको गठबन्धनमा तालमेल नमिलेकाले पनि गठबन्धन टिक्न नसकेको उनले बताएका छन् । जनादेश र चुनावी गठबन्धन एउटा अनि सरकार अर्को बन्दा लोकतान्त्रिक जमातनै असन्तुष्ट बनेकाले पुन: सुखद वातावरण बनेको उनको तर्क छ ।

नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत दिएर कोर्ष करेक्सन गर्ने वितिकै राजनिति र उपलब्धीहरु सुरक्षित हुने गरि राजनितिक धार अगाडि बढेको निधीले बताए । कार्यक्रममा युनियनको प्रादेशिक कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै पदस्थापन गरिएको छ भने प्रेस युनियनमा लामो समय सम्म योगदान दिनुहुनेहरुलाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ ।