एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले अहिले आधुनिक युगमा सरल सेवा सुविधामा नागरिक कुनै पनि बाहाना सुन्न नचाहेकाले सेवाको सुधार गर्न सञ्चार सेवा प्रदायकहरुलाई आग्रह गरेका छन् ।
जनकपुरधाममा दुर सञ्चार प्राधिकरणको सहकार्यमा ई टेक सोलुसन्ल प्रा.ली.ले आयोजना गरेको दुरसञ्चार सम्बन्धी कानुन र समग्र दुरसञ्चार सेवाको अर्वमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साहले सेवाग्राहीलाई सेवा मात्र होइन सुरक्षाको प्रत्याभुति समेत गराउनुपर्ने चुनौती सेवाप्रदायकहरुले जिम्मेवारीका रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सेवाग्राहीको संख्या बढाउन तर्फ केन्द्रित हुनु भन्दा हाल रहेको सेवाग्राहीको सेवा कति गुणस्तरीय छ भन्ने कुरा बुझन समेत सेवा प्रदायक उद्दत रहनुपर्ने बताए ।
कार्यक्रममा सोलुसन्स प्रा.ली.का अध्यक्ष रञ्जन कोइराला, प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थ, शुभाषचन्द्र साहले आफनो धारणा राखेका थिए भने अधिवक्ता सन्तोष सिग्देल सहितका कानुन जानकारहरु दुरसञ्चार सेवा सम्बन्धी कानुन र जोखिमको विषयमा प्रकाश पारेका थिए ।