एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ : लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले राजनितिक योगदान र व्यक्तित्वको हिसावले अगामि राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुर साँझा र उत्तम विकल्प रहेको दावी गरेका छन् । कांग्रेसमा रहँदा पनि पार्टी मात्र नभई हिमाल, पहाड र मधेशको सबै जनताको हितका लागि उहाँको योगदान, समर्पण र सदाचार कांग्रेस सहितका दलले स्मरण गर्दा ठाकुर सहज पात्र हुने उनको भनाई छ ।
एमालेलाई स्वीकार गर्ने अवस्था छैन सोनलले भने, ‘कांग्रेसमा तानातान छ, माधव जीले सर्वसम्मत भए मात्र हुन्छु नभए हतार छैन भन्ने स्थितीमा ठाकुरलाई मुख्य दलले अगाडि सारे र्निविवाद हुने उपराष्ट्रपतिमा पनि सहजै कुरा मिल्छ ।’
महन्थ ठाकुर एक व्यक्ति र एक पार्टीको अध्यक्ष भन्दा पनि जनताको भावनाको कुशल अगुवाई गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र सम्म देशमा ल्याइ पुरयाउने एक भद्र व्यक्तित्वको रुपमा हालका नेताहरुले लिएर सम्मान गर्नुपर्ने उनको तर्क क ।