एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुण १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको छ । खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक प्रसान्त कर्णले जानकारी दिए ।
उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वास्थ्य बनाउनको लागि खेल आयोजना हुन लागेको छ । प्रतियोगितामा करिव १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । जसमध्ये १२ वटा टिमले नमांकन गराइसकेको छ ।
डिउज बलले नकट आउट प्रणालीमा खेल हुने छन् । प्रतियोगितामा प्रतिभावान देखिएको खेलाडी छनौट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी छ । यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडहिरुलाई छनौट गरी तीन वटा टिम बनाएको छ । उनीहरु अहिले नियमित क्रिकेट अभ्यास गरिरहेका छन् ।
प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष अकाश पाण्डेले जानकारी दिए ।