एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं साहित्यकार डा. सुरेन्द्र लाभले मैथिली भाषा र यस्का विभिन्न गतिविधीहरुलाई समावेशी गर्न नसकिए झनै दुर्दशाको अवस्था आउन सक्ने तर्फ सचेत गराएका छन् । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा मैथिली विकास कोषको आयोजनामा बुधवार भएको कथा गोष्ठीमा बोल्दै डा. लाभले मैथिली भाषाको विकास विस्तार सहितका हरेक गतिविधीहरुलाई समावेशी बनाउन र सबैको अपनत्व हुने माहोल बनाउन आग्रह गरेका छन् ।
संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मिथिला र मैथिलीको गतिविधीहरु भारतमा भन्दा नेपालमा केहि समावेशी भएपनि प्रयाप्त नरहेको र अझै सबैको भाषा बनाउने गरि फराकिलो रुपले अगागि बढनुपर्ने आवयश्कता रहेको उनको तर्क छ । कोषका अध्यक्ष जिवनाथ चौधरीले जातजाती, पिछडावर्ग सहितको मात्र होइन राजनितिक दल र पार्टीको आडमा पनि मैथिली विरुद्वको गतिविधी र प्रहारहरु हुन थालेको भन्दै विरोध जनाएका छन् ।
जनमत पार्टी र पिछडावर्ग संस्थाले मैथिली बोलेपनि मधेशी र मगही भनेर मैथिली उपर प्रहार गर्ने काम गरेको उनको आरोप छ । उनले लोसपाका केहि सांसद मैथिली भाषी भएपनि हिन्दीमा सपथ लिएको भन्दै राजनितिक रुपमा पनि मैथिली उपर प्रहार भइरहेको बताए । कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेशका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष राजेश कर्ण सहितकाले मैथिली भाषा प्रतिको अपनत्व बढाउने काम अभियानीहरुले गर्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न स्कुलका छात्राहरुका साथै कथाकारहरुले कथावाचन गरेका थिए । कार्यक्रममा कथाकार तथा पत्रकार सुजित झा, श्याम सुन्दर शशी, श्यासुन्दर यादवका साथै पुनम झा मैथिल, सपना कर्ण, राजेश महतो, मजोज झा मुक्ती सहितका एक दर्जन कथाकारले कथा वाचन गरेका थिए । सो अवसरमा साहित्यकार रेवती रमण लाल, रोशन जनकपुरी, रमेश रञ्जन झा सहितको उपस्थिती थियो ।