एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले प्रजातन्त्र, गणतन्त्रमा जनतालाई कुनै लाभ नभएकाले पुन: राजा फर्काउने सहितका हल्लाहरु उपलब्धी मास्ने षडयन्त्र रहेको बताएका छन् । विरामी अवस्थामा थला परेका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी तथा राजनितिमा आफना समकक्षी राजेश्वर नेपालीको स्वास्थ्य अवस्था बुझन उनको निवास पुगेका पुर्व राष्ट्रपति डा. यादवले गणतन्त्रमा पनि दलका नेताहरुले वडा अध्यक्षको टिकट पनि लाखौं लिएर बाँडने प्रवृतीले भ्रष्टाचार मौलाएको जस्ले जनताले दु:ख पाइरहेको बताउदै नेताहरुनै बिग्रेकाले यस्तो भएको बताएका छन् ।
आफुहरुको पालामा गाविसमा पचास हजार र सांसदलाई पाँच लाख बजेट आउने गरेको स्मरण गराउदै डा. यादवले अहिले वडामा करोडौं बजेट आएपनि जनप्रतिनिधीहरुले सहि सदुपयोग गर्न नसक्दा बितृष्ण फैलिरहेको बताए । यद्यपि उनले बेलायत, भारत सहितको उदाहरण दिदै अहिले नै उलपब्धीहरु समाप्त हुने राजा फेरी आउने जस्ता तर्क कुतर्क रहेको बताए ।
कार्यक्रममा विरामी अवस्थामा पनि वरिष्ठ पत्रकार नेपालीले हजारौं बलिदानी, दशकौं दशकको अथक प्रयास पछि प्राप्त उपलब्धी र गणतन्त्रको रक्षाका लागि सबै दलहरुलाई एक हुन आग्रह गरेका छन् । उनले उपलब्धी बचाउने अभिभारा अवको पुस्ता र दल र तिनका नेताहरुको रहेको बताए ।
२००२ सालमा जन्मेका नेपाली पत्रकारिताका साथै विपी कोइराला सहितका कांग्रेसका नेताहरुसंग पत्रकारिताका साथै विभिन्न आन्दोलनका अगुवाई गरेका व्यक्तित्व हुन भने २००७ साल पश्चात देशको हरेक अहिले सम्मको घटना परिघटना तिथि मिति र समय सहित जतिवेलापनि मुहजवानी भन्ने वक्ता भएकाले उहाँलाई इन्साइक्लोपिडिया समेत भन्ने गरिन्छ । क्यान्सर जितेका उनी आन्दोलनहरु र जेलबन्दी जिवनमा राज्य पाएको यातनाका कारण बिग्रिएको मेरुदण्डको समस्याले थला परेका छन् ।