एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : मधेश सरकारका गृह तथा सञ्चार मन्त्री सत्रुधन प्रसाद सिंहले राष्ट्रिय समाचार समिति राससले अव सत्ता पक्षको मुखपत्र होइन जनताको पहरेदारको रुपमा समेत छाप बनाउने समय आएको बताएका छन् । राष्ट्रिय समाचार समिति राससको ६२ औं वार्षिकोत्सवको अवसरमा रासस मधेश प्रदेशले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले रासस सरकार भन्दा जनतामुखि हुनुपर्ने समय आएको बताए ।
कार्यक्रममा जनकपुरधामका वरिष्ठ पत्रकारहरुले रासस अव श्रव दृश्य सहित विस्तारित रुपमा समेत आएकाले गुणस्तरका साथै नागरिकको सञ्चारका रुपमा काम गर्न आवयश्क रहेको बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले राससले प्रजातन्त्र दिवसकै दिन वार्षिकोत्सव मनाउने दिन परेकाले प्रजातन्त्रका लागि आहुती दिएका शहिदहरुको सपना पुरा भयो ? के कति काम भयो भन्ने विषयको समेत समिक्षा हुन आवयश्क रहेको बताए ।

कार्यक्रममा मधेश पत्रकार महासंघका अध्यक्ष राजेश कर्ण, सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, जिससका प्रमुख, जनकपुरधामका उपप्रमुख किशोरी साह सहित राससका मधेश र जिल्लाका प्रतिनिधीहरुको उपस्थिती थियो ।