एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २ : मंगलवार बसेको मधेश प्रदेशको प्रदेशसभा बैठकमा नयाँ सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई शुभकामना दिने कार्यतालिका रहेपनि सभामा मुख्यमन्त्रीनै अनुपस्थित भएपछि सांसदहरुले आलोचना गरेका छन् ।
शुभकामना मन्तब्य राख्न रोष्टम पुगेका नेकपा एसका संसदिय दलका नेता गोविन्द न्यौपानेले सभामा मुख्यमन्त्री नै नदेखेपछि कसलाई शुभकामना दिउँ भन्दै सभामुखसंग संग प्रश्न गरे ।
त्यसबेला सभामुखको आषण ग्रहण गरिरहेकी उपसभामुखले मुख्यमन्त्री एक छिनका लागि बाहिर जानुभएको छ जानकारी दिएपछि न्यौपानेले भने त्यसो भए सबैजना मिलेर शुभकामनाको एउटा पोको पारौं र सिधै मुख्यमन्त्री ज्यूलाई हस्तान्तरण गरौं टिप्पनी गरे ।
न्यौपाने सभामा सबै भन्दा जयेष्ठ सदस्य समेत हुन र केहि दिनका लागि सभाअध्यक्षको समेत जिम्मेवारी सम्भाली सकेका छन् । मंगलवारको बैठकमा नयाँ सरकारलाई शुभकामना दिने कार्यसुचि रहेको जनाइएको छ ।